बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रसङ्घीय सुरक्षा परिषदमा थपिए पाँच सदस्य

शुक्रबार, २७ जेठ २०७९, १६ : ०३
शुक्रबार, २७ जेठ २०७९

राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा इक्वेडर, जापान, माल्टा, मोजाम्बिक र स्वीट्जरल्याण्ड निर्विरोध निर्वाचित भएका छन् । एकसय ९३ सदस्यीय महासभामा भएको गोप्य मतदानअनुसार इक्वेडरले १९०, माल्टाले १८५, जापानले १८४, मोजाम्बिकले १९२  स्वीट्जरल्याण्डले १८७ मत पाएका छन् । 

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका विषयमा आवाज उठाउन सहज हुने भएकाले १५ सदस्यीय सुरक्षा परिषद्मा निर्वाचित हुन धेरै देशले त्यसलाई ठूलो उपलब्धि एवम् सफलता मान्ने गरेका छन् ।  विश्वभर युक्रेन युद्ध अहिलेको जल्दोबल्दो विषय बनेको छ । रुसको भिटो शक्तिले परिषद्लाई उसलाई कारबाही गर्नबाट रोकेको छ ।

गत फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि परिषद्ले दुवै देशका कुटनीतिज्ञ एवम् समर्थकहरूलाई भेला गराएर धेरै बैठक गरेको भए पनि शान्तिपूर्ण समाधान गर्न परिषद् असफल भएको छ । 

परिषद्का कार्यसूचीमा युक्रेन बाहेकका सिरिया र यमनदेखि माली र म्यानमारका साथै उत्तर कोरिया तथा इरानबाट उत्पन्न आणविक जोखिमका अन्तर्राष्ट्रिय मुद्दा पनि छन् । इस्लामिक स्टेट र अलकायदाजस्ता चरमपन्थी समूहले सृजना गरेका चुनौती र आक्रमण साम्य पार्न परिषद्लाई कठिनाइ भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप