बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी डटकमको ९ औं वार्षिकोत्सवमा व्यवसायीहरुको शुभकामना

शुक्रबार, २७ जेठ २०७९, १८ : ५५
शुक्रबार, २७ जेठ २०७९

रातोपाटी डटकमले सफलतापूर्वक आफ्नो ९ औं वर्षको यात्रा पार गर्दै आज शुक्रबारबाट १० औं वर्षमा प्रवेश गरेको छ । यस विशेष अवसरमा विभिन्न क्षेत्र, व्यवसाय तथा तह र तप्काका उच्च व्यक्तित्वहरुले शुभेच्छासहित शुभकामना प्रदान गरेका छन् ।

निजी व्यवसायिक क्षेत्रबाट तीन वटा छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका अध्यक्षले रातोपाटी डटकमलाई शुभकामना प्रदान गरेका हुन् ।

रातोपाटीले आफ्नै पहिचान बनाउन सफल भएको छः शेखर गोल्छा अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)

रातोपाटी डटकम ९ औं वर्ष पुरा गरेर १० औं वर्षमा प्रवेश गरेको छ । यस उत्सवमय अवसरमा मेरो व्यक्तिगत तर्फबाट र उद्योग वाणिज्य महासंघको तर्फबाट रातोपाटीलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु । अनलाइनहरुको भीडमा रातोपाटीले आफ्नै खालको पहिचान बनाउन सफल भएको छ, यसरी नै पहिचान बनाउँदै र सकारात्मक समाचार सबैसामु पु¥याउँन अझ महत्वपूर्ण भूमिका खेल्न सकोस्, यही शुभकामना दिन चहन्छु ।

अझ सवल र सक्षम होस्ः राजेन्द्र मल्ल अध्यक्ष, नेपाल चेम्बर अफ कमर्स (एनसीसी)

रातोपाटी डटकमले ९ औं वार्षिकोत्सव मनाउँदैछ, यस अवसरमा म सम्पूर्ण रातोपाटी परिवारलाई धेरै धेरै बधाई तथा शुभकामना दिन चाहन्छु । र, आउँदा दिनमा रातोपाटीले सत्य, तथ्य समाचार सम्प्रेषण गरेर देश र आम सर्वसाधारणका लागि सुसूचित गर्न अझ सबल र सक्षम होस् भन्ने कामना गर्दछु ।

रातोपाटीले औधोगिक विकास र प्रवर्द्धनमा काम गरेको छः विष्णु अग्रवाल अध्यक्ष, नेपाल उद्योग परिसंघ (सीएनआई)

नेपाल उद्योग परिसंघले मुलुकको औद्योगिक विकास एवं प्रवद्र्धनका लागि काम गरिरहेको छ । यस्तै रातोपाटी डटकमले पनि आम सञ्चारको माध्ययमबाट औद्योगिक विकासकै लागि आफ्ना एजेन्डाहरू प्रस्तुत गरेर हामीलाई समेत सहयोग गरिरहेको छ । आज रातोपाटी डटकमले ९ औं वर्ष सफलतापूर्वक पुरा गर्दै १० औं वर्षमा प्रवेश गर्दै गरेको पावन अवसरमा म रातोपाटीलाई बधाई दिँदै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप