बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटी नेपाली जनजीवनको एउटा अभिन्न अंग बनिसक्यो : कमल थापा

शुक्रबार, २७ जेठ २०७९, १८ : ५५
शुक्रबार, २७ जेठ २०७९

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो समयमै रातोपाटी आफ्नो सशक्त प्रस्तुतिका कारण नेपाली जनजीवनको एउटा अभिन्न अंग बनिसकेको बताएका छन् ।
रातोपाटीको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै थापाले रातोपाटीले विशेषगरी राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण लगायत भ्रष्टाचार र अन्यायका विरुद्धमा समाचार, टिप्पणी, विश्लेषण र संश्लेषण प्रस्तुत गरेको चर्चा गरे ।
‘यसले निश्चय पनि नेपालको समग्र परिवेशलाई अत्यन्त सकारात्मक योगदान पु-याएको छ,’ उनले भने, ‘अहिले पनि हाम्रो सामु थुप्रै चुनौती विद्यमान छन्, यो चुनौती सामना गर्ने क्रममा प्रजातन्त्रलाई सुदृढ तुल्याउने, राष्ट्रियतालाई बलियो बनाउने, भ्रष्टाचारलाई अन्त्य गरेर देशमा सुशासन र समृद्धिको लक्ष्य हासिल गर्ने क्रममा आगामी दिनमा रातोपाटीले अझ बढी सशक्त भूमिका निर्वाह गर्न सकोस् भन्ने शुभकामना छ ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप