बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीले लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान प्रशंसनीय : महासचिव पोखरेल

शुक्रबार, २७ जेठ २०७९, १८ : ५५
शुक्रबार, २७ जेठ २०७९

 नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा रातोपाटी अनलाइन मिडियाले महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरेका छन् । रातोपाटीको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना मन्तव्य दिँदै महासचिव पोखरेलले अधिकारमुखी राजनीतिलाई स्थापित गर्ने कुरामा आमसञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए ।

उनले भने, ‘रातोपाटी अनलाइन पत्रिकाले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदान उच्च प्रशंसा गर्न चाहन्छु ।’

अब नेपालको राजनीतिलाई विकास र समृद्धितिर केन्द्रित गर्नुपर्ने भन्दै उनले त्यसका लागि राष्ट्रिय शक्ति निर्माण गर्न जरुरी रहेको बताए । ‘जब हामी राष्ट्र निर्माणको कुरा गर्छौं, त्यहाँ बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्छ, त्यो बलियो राष्ट्रिय शक्ति निर्माण गर्ने कुरामा रातोपाटी अनलाइन पत्रिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र मुलुकलाई विकास र समृद्धिको दिशामा अगाडि बढाउने कुरामा पनि महत्वपूर्ण योगदान गर्नेछ भन्ने विश्वास र अपेक्षाका साथ आगामी दिनमा यस अनलाइन पत्रिकाको सफलताको कामना गर्न चाहन्छु ।’  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप