बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अनलाइन मिडियामा रातोपाटीको स्थान गर्व गर्न लायक : डा. बाबुराम भट्टराई

शुक्रबार, २७ जेठ २०७९, १८ : ५६
शुक्रबार, २७ जेठ २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जसपा नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिडिया हुनुमात्र ठुलो कुरा नहुने बताएका छन् । रातोपाटीको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै उनले अनलाइन मिडियाले व्यापकता पाइरहेको समयमा रातोपाटीले आफ्नो स्थान जसरी सुरक्षित गरेको छ, त्यो गर्व गर्न लायक रहेको बताए ।

‘मिडिया हुनुमात्र ठुलो कुरा होइन, समाज, देश, मानवजातिका समकालीन विषय उजागर गर्ने, जनताको बीचमा वैचारिक विमर्श चलाउने, देश र समाजलाई दिशावोध गराउने कार्य मिडियाले गर्नुपर्छ,’ उनले भने । 
त्यस दिशामा रातोपाटीले उल्लेखनीय काम गरेको आफूले पाएको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप