बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रातोपाटीले देशको राजनीतिक वृत्तमा एउटा बहस सिर्जना गर्दै आएको छ : प्रचण्ड

शुक्रबार, २७ जेठ २०७९, १८ : ५६
शुक्रबार, २७ जेठ २०७९

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अनलाइन मिडियामा रातोपाटी डटकम एउटा मौलिक पहिचान र प्रभाव राख्ने मिडिया भएको उल्लेख गर्दै छोटै अवधिमा रातोपाटीले जनतामा धेरै सूचना दिने र विविध क्षेत्रमा बहुआयामिक ढंगले अघि बढ्न सफलता पाएको बताएका छन् ।

रातोपाटी अनलाइनको नवौं वार्षिकोत्सवका अवसरमा शुभकामना व्यक्त गर्दै उनले यति छोटो अवधिमा आफ्नो एउटा मौलिक पहिचान र प्रवृत्तिलाई पनि जोगाउँदै रातोपाटी अनलाइन सन्तुलित र सबैलाई समेट्ने ढंगले अघि बढेको भन्दै प्रशंसासमेत गरे ।

अध्यक्ष प्रचण्डले रातोपाटीले देशको राजनीतिक वृत्तमा एउटा बहस सिर्जना गर्ने गरेको समेत उल्लेख गरे । ‘डिजिटलाइजेसन’ को यो युगमा अनलाइन मिडिया निकै प्रभावकारी ढंगले दुनियाँभरि अघि बढेको भन्दै उनले अनलाइन मिडियाको भिडमा पनि रातोपाटी प्रस्ट देखिने भन्दै एउटा मिडियाका लागि यो नै सफलता भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप