आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सुख, शान्ति र समृद्धि ल्याउनु हामी सबैको दायित्व : प्रधानमन्त्री देउवा

शुक्रबार, २७ जेठ २०७९, १८ : ५६
शुक्रबार, २७ जेठ २०७९

 प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली जनताको दशकौंदेखिको संघर्ष, त्याग र बलिदानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था आएको भन्दै यो युगीन परिवर्तनको संरक्षण र सम्बर्द्धन गर्दै नेपाली नागरिकको जीवनमा सुख, शान्ति र समृद्धि ल्याउनु हामी सबैको दायित्व भएको बताएका छन् ।

रातोपाटी डटकम ९ वर्ष पूरा गरी १० औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री देउवाले नेपाली काँग्रेस नेतृत्वको वर्तमान सरकार प्रतिगमनकारीको षडयन्त्रलाई परास्त गर्दै मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि बनेको प्रस्ट पारेका छन् । 

‘यो सरकार संविधानको सर्वोच्चता, स्वतन्त्र न्यायपालिका, कानुनी राज्य, विधिको शासन, सुशासन, प्रेस स्वतन्त्रता, नागरिकको मौलिक हक र अधिकारको रक्षा गर्न प्रतिवद्ध छ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘यी विषयमा लोकप्रिय अनलाइन पोर्टल रातोपाटी डटकमको पनि महत्वपूर्ण योगदान रहँदै आएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप