सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

शुक्रबार, २७ जेठ २०७९, १४ : २५
शुक्रबार, २७ जेठ २०७९

सुर्खेतको जुनीचाँदे गाउँपालिका-५ गर्खाकोटमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ  ।  दुर्घटनामा ९ जना यात्रुहरु घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ भने चार जनाको अवस्था समान्य रहेको जुनीचाँदे गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपालीले जानकारी दिए । सुर्खेतबाट जुनीचाँदे गाउँपालिका केन्द्रतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२००१च ०३४१ नम्बरको जिप वडा नं ५ को गर्खाकोट (वेलपुइना) भन्ने स्थानमा दुर्घटनामा परेको हो । जिपमा ११ जना सवार थिए ।

घाइतेहरूको अवस्था गम्भीर रहेको हेलिकोप्टरको व्यवस्था गरिदिन जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई आग्रह गरिएकोसमेत प्रवक्ता नेपालीले बताए । यता प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले उद्धारका लागि गाडी पठाइसकिएको र आधा घण्टापछि हेलिकोप्टरसमेत घटनास्थलमा पुग्ने जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप