शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

लमजुङमा चारवटा मोटरेवल पुल निर्माण

शुक्रबार, २७ जेठ २०७९, १४ : २१
शुक्रबार, २७ जेठ २०७९

लमजुङमा निर्माणाधीन मोटरेबल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् । जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधिन नौवटा मोटरेबल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ ।

जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेबल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन् । चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेबल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार गाउँपालिकाअन्तर्गत रुदी खोला मोटरेवल पुल, बेसीशहर–सुन्दरवजार जोड्ने नाल्मा बेसीको राम्चे खोला मोटरेबल पुल, दोर्दी गाउँपालिका अन्तर्गतको किसेदी खोला मोटरेबल पुल र राईनास नगरपालिका अन्तर्गत चिली खोला मोटरेबल पुलको निर्माण कार्य सकिएको हो ।

त्यसैगरी यही आर्थिक वर्ष भित्र क्होलासोँथार गाउँपालिकाअन्तर्गत मिदिम खोला मोटरेबल पुल र दुधपोखरी गाउँपालिकाअन्तर्गतको कुयाले खोला मोटरेबल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख गिरीको भनाइ छ ।

निर्माण सम्पन्न र निर्माणाधिन मोटरेबल पुलमध्ये अधिकांश अघिल्लो आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजना हुन् । तर, अघिल्लो आर्थिक वर्षमा विश्वव्यापी कोभिड–१९ को प्रभाव, सरकारले जारी गरेको लकडाउन लगायतका कारण देखाउँदै निर्माण अवधि थपिएका हुन् । यद्यपि यसवर्ष पनि कोभिडको प्रभावसँगै बढ्दो महँगी र स्थानीय तहको निर्वाचनका कारण विकास निर्माणका काम प्रभावित भएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप