मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न छन् : सांसद सुवाल

शुक्रबार, २७ जेठ २०७९, १४ : १७
शुक्रबार, २७ जेठ २०७९

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गृह मन्त्रालयका हाकिमका पत्नीहरुनै मिटर ब्याज असुलीमा संलग्न रहेको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तरगतको विभिन्न शीर्षकमाथि खर्च कटौतिको प्रस्ताव पेश गर्दै सांसद सुवालले यस्तो आरोप लगाएका हुन् । उनले कतिपय पदाधिकारीहरुले स्वकीय सचिव र भान्सेसमेत आफन्त राखेर मिटर ब्याजीको रकम गोजीमा राखेको पनि विभिन्न समाचारमाध्याममा आइरहेको भन्दै आपत्ति जनाए ।

सांसद सुवालले मिटर ब्याज नियन्त्रण गर्ने सरकारको बजेट वक्तव्यमा उल्लेख भएपनि कानुन हातमा लिन सक्नेहरुनै यसको नियन्त्रणमा बाधक देखिएको दावी गरे । उनले भने, ‘बजेट वक्तव्यमा मिटर व्याज नियन्त्रण गर्ने उल्लेख छ । तर गृह प्रशासनका हाकिमहरूका श्रीमती, आफन्त र सल्लाहकारहरु मिटर ब्याजमा संलग्न भएको र नक्कली सुराकी बनाएर कमिशन लिइरहेको कतिपय पदाधिकारीहरुले आफन्तहरूलाई नै स्वकीय सचिव र भान्से राखेर रकम गोजीमा राखेको समाचार पनि छ । यस्ता गलत काम त कानुन हात लिन सक्नेहरुले गरेको देखियो नि ।’ सांसद सुवालले मुलुकलाई ऋणमा डुबाउने गरी सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको पनि दोहोर्याए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप