तमसुकदेखि भर्चुअल मुद्राको बहससम्म
केही वर्ष अघिसम्म आर्थिक कारोबार भन्ने वित्तिकै कि त मौखिक हुन्थ्यो कि त कागजी । भरसक मौखिक रुपमा नै विश्वासका आधारमा आर्थिक कारोबार हुने गरेपनि केही कारोबार भने प्रमाणका लागि लिने र दिनेबीच कागजी तमसुक (सम्झौतापत्र) बनाइन्थ्यो । र, यसैलाई प्रमाण मानेर पैसाको लेनदेन गरिन्थ्यो । तर, अहिले समय बदलिएको छ । समयसँगै हाम्रा आर्थिक कारोबारहरु गर्ने पद्धति र प्रक्रिया फेरिएका छन् ।
तत्कालीन समयमा मौखिक हुँदै तमसुक र तमसुक हुँदै लेजर युगमा प्रवेश गरेका हामी आज एकाएक वित्तीय कारोबार बैंकिङ च्यानलमार्फत् मात्र नभई डिजिटल प्रविधिको माध्यममार्फत् फास्ट कार्यसम्पादन गर्न अभ्यस्त भइसकेका छौं । अझ बढ्दो प्रविधिको प्रयोगले हामीलाई भौतिक रुपमा मात्र होइन, अभौतिक (अदृश्य) कारोबार गर्ने चरणमा समेत धकेली सकेको छ ।
विश्व बजारमा सन् १९१० को दशकमै क्रेडिट कार्डको युग सुरुवात भइसकेको थियो । तर, हामी नेपालीहरुले भने ढिला गरी सन् १९९० को दशकपछि मात्र यो प्रयोग गर्ने प्रयास गरिरहेका छौं । तथापि, तमसुक युगबाट सुरुवात भएको हाम्रो वित्तीय कारोबार आज ढिलै भएपनि भर्चुअल मुद्राको बहस गर्ने चरणसम्म प्रवेश गरेको छ । यसलाई वित्तीय क्षेत्रमा डिजिटलाइजेशनको उच्चतम प्रयोगको चरण नै मान्न सकिन्छ ।
कसरी भयो डिजिटल युगको सुरुवात ?
डिजिटल प्रणाली हाम्रोमा त्यति पुरानो इतिहास छैन । सन् २००९ देखि यता करिब १३ वर्ष जतिको मात्र प्रयोग पाइन्छ । यद्यपि, बैंकिङ युगमा डिजिटल भुक्तानीको प्रयोगलाई हेर्ने हो भने, सन् १९९० ताका पहिलो पटक नबिल बैंकले क्रेडिट कार्डको प्रयोग ल्याएसँगै औपचारिक रुपमै नेपाली बैंकिङ क्षेत्रमा डिजिटल प्रविधिको शुभारम्भ भएको पाइन्छ ।
लगत्तै सन् १९९५ मा हिमालयन बैंकले अटोमेटिक टेलर मेसिन (एटीएम) को प्रयोगमा ल्याएको थियो । यसपछि भने एकपछि अर्को गर्दै नेपाली वित्तीय जगतमा पनि डिजिटल बैंकिङको प्रारुपहरु देखा पर्न थाले । बैंकहरुले विभिन्न अनलाइनमा आधारित सेवाहरु प्रयोगमा ल्याउन थाले भने भुक्तानीका विभिन्न डिजिटल औजारहरुको प्रयोग गर्न थालियो । ई–सेवा, खल्ति, आईएमई–पे, प्रभू–पे जस्ता भुक्तानीका साधनहरु प्रतिपादन भए भने कनेक्ट आईपीएस तथा आरटीजीएस जस्ता सरकारी भुक्तानीका संयन्त्रहरु समेत विकास भए । अहिले यसैको भरपुर उपयोग गर्दै गरेको बजारले अझ थप सुविधासम्पन्न नविन प्रविधिको खोजी गर्दैछ ।
सन् १९९० को दशकमा मात्र भर्खर भर्खर अनलाइन प्रणालीको शुरुवात हुँदै गर्दा सो अवधि पूर्व प्रायः बैंकिङ कारोबार लेजर (किताबी) प्रणालीबाटै हुने गरेको थियो । वास्तवमा औपचारिक रुपमै नेपाली बैंकिङ क्षेत्रमा डिजिटल युगको सुरुवात भने सन् २००९ देखि मात्र भएको मान्ने गरिन्छ ।
कुन समय केको प्रयोग भयो ?
– सन् १९१० को दशक क्रेडिट कार्डको युग
– सन् १९६० को दशक एटिएम कार्डको युग
– सन् १९८० को दशक बैंकिङ क्षेत्रमा कम्प्युटर युग
– सन् १९९० को दशक वित्तीय, धितोपत्र कारोबारको युग
– सन् १९९० को दशक इन्टरनेटको युग
– सन् २००० को दशक डिजिटल मुद्राको युग
नेपालमा,
– सन् १९९० पूर्व लेजर बुकको प्रयोग
– सन् १९९० को दशक एटिएम, क्रेडिट कार्डको युग
– सन् १९९० कै दशक कम्प्युटर प्रयोग
– सन् २००० को दशक अनलाइन बैंकिङ तथा विभिन्न डिजिटल भुक्तानीका साधन प्रतिपादन र प्रयोगको युग
– अनलाइन खाता, भुक्तानी तथा रकमान्तरको सुरुवात
– विभिन्न डिजिटल भुक्तानीका एपहरुको सुरुवात
– सन् २०१० को दशक फास्ट पेमेन्ट सिस्टम म्यूआर स्क्यानरको युग
– सन् २०२० को दशक भर्चुअल मुद्राको बहसको युग (यद्यपि, अन्य केही मुलुकहरुमा भर्चुअल मुद्रालाई प्रयोगमा ल्याइसके पनि नेपालमा भने यस्तो खालको मुद्राको चलनचल्तीमा प्रतिवन्धसहित बहस भइरहेको ।)
नेपालमा प्रयोगमा रहेका डिजिटल बैंकिङ प्रविधि तथा औजार
हाल डिजिटल बैंकिङ तथा डिजिटल भुक्तानीकै कुरा गर्ने हो भने पनि यस्तो प्रयोगकर्ताहरुको संख्या नेपालमा सबै साधनहरु गरी एक तिहाइभन्दा बढी जनसंख्यामा पुगिसकेको तथ्याङ्कले देखाउँछ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा मात्र १ करोड ७३ लाख ८२ हजार ४४८ जनाले मोबाइल बैंकिङ्ग सुविधा लिएका छन् ।
यस्तै, विभिन्न भुक्तानीका साधन वालेटहरुको प्रयोगकर्ता १ करोेड १७ लाख १९ हजार ६२६ जना रहेका छन् भने डेबिट कार्ड (एटिएम) प्रयोगकर्ताहरुको संख्या १ करोड ४ लाख ४२ हजार ९८५ पुगिसकेको छ । यसमा क्रेडिट कार्ड सुविधा लिनेहरुको संख्या समेत बढेर २ लाख २७ हजार ९६१ पुगिसकेको राष्ट्र बैंकले जनाएको छ ।
यसबाहेक पेमेन्ट सिस्टम अपरेशन (पीएसओ), पीएसपी, पीएसपी लगायत इन्टरनेट बैंकिङ, आरटीजीएस प्रणाली, कनेक्ट आईपीएस प्रयोगकर्ताहरुको समेत पछिल्लो समय उल्लेख्य संख्या रहेको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
बेलायतमा तीन अमेरिकी सैन्य शिविरमाथि रहस्यमय ड्रोन
-
दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराउन आदेश
-
एमालेद्वारा बालेनको पत्र बुझ्न अस्वीकार, त्यसै फर्कियो महानगरको टोली
-
अर्शदीप १८ करोडमा पञ्जाबमा र राबडा १० करोड ७५ लाखमा गुजरातमा
-
परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन