शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

के तपाईंको बच्चाको पनि छ हिंस्रक व्यवहार ? लक्षण देख्ने बित्तिकै गर्नुहोस् यी काम

शुक्रबार, २७ जेठ २०७९, १३ : १५
शुक्रबार, २७ जेठ २०७९

पछिल्ला केही समयदेखि यस्ता घटना घटित भइरहेका छन् जसमा कम उमेरका बालबालिका समावेश छन् । हालै भारतमा निकै हिंस्रक घटना सार्वजनिक भएको छ जसमा १६ वर्षका एक किशोरले आफ्नी आमाको हत्या गरेका छन् । जानकारीका अनुसार किशोरका आमाले उनलाई पब्जी खेल्न रोक्ने गर्थिन् ।

विशेषज्ञका अनुसार आजकालका खेल निकै आक्रामक किसिमका छन् । जसले यस्ता खेल खेल्छन्, उनीहरुलाई वास्तविक र भर्चुअल संसारबीच फरक नै पर्दैन र आफूलाई पनि त्यहि भर्चुअल दुनियाँकै हिस्सा मान्छन् । यसका लागि प्यारेन्टिङ, खान–पान, जीवनशैली, साथीभाइ जिम्मेवार छन् ।

यस्ता खालका व्यवहारले बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने गर्छ । बच्चाका हिंस्रक व्यवहारका कारण भविष्यमा गम्भीर परिणाम पनि हुनसक्छ । यो हिंस्रक व्यवहार साइकाट्रिक कन्डिशन, मेडिकल समस्या र जीवनको समस्या तर्फ पनि इशारा गर्छ त्यसैले अभिभावकले आफ्ना बालबालिकाको हिंस्रक व्यवहारको कारण थाहा पाउनुपर्छ र रोक्न र सुधार्नका लागि उचित कदम उठाउनुपर्छ । बालबालिकाको हिंस्रक व्यवहारका कारण के हो ? बालबालिकाको हिंस्रक व्यवहारको लक्षण के हो ? हिंस्रक व्यवहार कसरी रोक्न सकिन्छ ? यसबारे थाहा पाउनुहोस् ।

बालबालिकामा हिंस्रक व्यवहार

विशेषज्ञका अनुसार बालबालिकाको हिंस्रक व्यवहारबारे थाहा पाएपछि पनि यसबारे ध्यान दिइएन भने यसका गम्भीर परिणाम हुनसक्छ । बालबालिकाको उमेरको आधारमा उनीहरुको हिंस्रक व्यवहार कसैमाथि कुटपिट गर्ने, स–सानो कुरामा रिसाउने, आपराधिक घटना गर्ने पनि हुनसक्छ । बालबालिकाको अगाडि आउने केही कारकले पनि उनीहरुको हिंस्रक व्यवहारलाई थप बढाउने गर्छ ।

विशेषज्ञले कुनै पनि उमेरमा बालबालिकाको हिंस्रक व्यवहारलाई नजरअन्दाज गर्नु हुँदैन । बालबालिकामा हिंस्रक व्यवहारका यी संकेत हुनसक्छन् ।

– बारम्बार रिसाउने

– सम्झाउँदा पनि रिसाइरहने

– कुनै पनि कुरा सम्झाउँदा सामानहरु फ्याँक्ने

– आमा–बुवालाई नै हिर्काउन  आउनु

– गलत भाषाको प्रयोग गर्नु

– गलत बानीमा पर्नु

– भाइ बहिनीका लागि प्रेम भाव नराख्नु

– लडाकू प्रवित्तिको हुनु

– सधैँ उदास हुनु

– संवेदशनील र चिड्चिडेपन देखाउनु

– बारम्बार जोशमा आउनु

हिंस्रक व्यवहारका कारणः

हिंस्रक तरिकाले व्यवहार गर्ने बालबालिकामा कुनै नै कुनै कारण देखिन्छन् जसले उनको यो व्यवहारलाई बढाइरहेको हुन्छ ।

गलत व्यवहार – फिजिकल, ओरल वा सेक्सुअल

घरेलु वातावरण नपाउनु – आमा–बुवाले बच्चालाई राम्रो तरिकाले हेरविचार नगर्नु जसका कारण बालबालिकाले घरेलु वातावरण पाउँदैन र उनीहरु हिंस्रक हुन्छन् ।

इमोशनल ट्रमा वा स्ट्रेसः

थुप्रै पटक कुनै दर्दनाक घटना हुन वा स्ट्रेसका कारण लगातार तनाव हुन्छ, जसका कारण बालबालिकाको व्यवहार हिंस्रक हुन थाल्छ ।

बच्चालाई धम्काउनु – यदि बालबालिकालाई कुनै प्रकारको धम्की दिइयो भने उनीहरुको व्यवहार आक्रामक हुनसक्छ ।

पारिवारिक समस्या – यदि कसैको परिवारमा पहिलादेखि नै हिंसा हुँदै आइरहेको छ भने बालबालिकामा यसको गलत असर पर्ने गर्छ र पछि उनीहरु पनि हिंसात्मक प्रवित्तिका हुन्छन् ।

नशालु चिजको सेवन – रक्सी वा अन्य गलत चिजको सेवनले बालबालिकाको आक्रामकता बढ्न सक्छ ।

हिंसा हेर्दा – थुप्रै पटक टिभीमा हिंस्रक कार्यक्रम आदि हेर्दा पनि बालबालिकाको हिंस्रक व्यवहार बढ्ने गर्छ ।

घरमा हतियार देख्दा – घरमा लगातार बन्दुक, चक्कु आदि देखिरहने बालबालिकाको व्यवहार हिंस्रक हुन्छ ।

हिंस्रक भिडियो गेम खेल्नु – विशेषज्ञका अनुसार सुटिङ भिडियो गेम्सले बालबालिकाको दिमागमा नकारात्मक असर पर्ने गर्छ ।

मानसिक स्थिति – थुप्रै पटक बालबालिकामा बाइपोलर डिसअर्डर, एंग्जाइटी, डिप्रेशन पनि देखिने गर्छ । यो यस्तो मानसिक स्थिति हो जसले हिंस्रक र आक्रामक व्यवहार बढाउन सक्छ ।

बालबालिकामा हिंस्रक व्यवहार बढे के गर्ने ?

अनुसन्धानमा पत्ता लागे अनुसार यदि कारणलाई नष्ट गर्ने हो भने उनीहरुको हिंस्रक व्यवहार निकै कम हुने गर्छ । विशेषज्ञका अनुसार हिंसाबाटै हिंसा हुन्छ । त्यसैले बालबालिकालाई हिंस्रक चिज, टेलिभिजन शो आदिबाट टाढै राख्नुपर्छ ।

यदि बालबालिकाको व्यवहार हिंस्रक भइरहेको छ भने उनीहरुलाई तुरुन्त कुनै मानसिक स्वास्थ्य विज्ञ भएठाउँ लैजानुपर्छ । कुनै व्यवसायिक डाक्टरको उपचारपश्चात् यस्ता बालबालिकाको व्यवहार निकै हदसम्म कम गर्न सकिन्छ । यस्ता विज्ञले बालबालिकालाई रिस नियन्त्रण गर्न, मनको कुरा भन्न, संघर्ष गर्न, नकारात्मक कुराबाट टाढै रहन, सकारात्मक कुरा सोच्न आदि सिकाइन्छ । यस्तै, यस्ता व्यवहारले पनि बालबालिकाको हिंस्रक व्यवहार निकै हदसम्म कम गर्न सकिन्छ ।

– घरेलु माहौल बनाउनु

– बालबालिकाको मनको कुरा थाहा पाउनु

– बालबालिकासँग कुरा गर्नु र बुझ्नु

– बालबालिकाको समस्यालाई सम्बोधन गर्नु

– यौन शिक्षा

– बालबालिकाको मोबाइल–ट्याबलेटको अनुसन्धान गर्नु

– प्राकृतिक स्थानमा घुमाउन लैजानु

– राम्रो कुरा देखाउनका लागि मोटिभेट गर्नु

– किताब पढ्ने बानी पार्नु

– गल्ती गर्दा एग्रेसिभ नहुनु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप