आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गुल्मीमा जेसिबी दुर्घटना, चालकको  मृत्यु

शुक्रबार, २७ जेठ २०७९, ११ : ५७
शुक्रबार, २७ जेठ २०७९

गुल्मीमा जेसिबी  दुर्घटनामा  एक जनाको  मृत्यु भएको  छ  । जिल्लाको छत्रकोट गाउँपालिका–२ , रातापानीस्थित लु १ क ४७७१ नम्बरको   जेसिबी दुर्घटना हुँदा अन्दाजी  ३२ वर्षीय चालक यज्ञबहादुर  वलीको  घटना स्थलमै मृत्यु भएको हो  ।

गएराती  ११ बजे  सोही  पालिका–३ को  घुर्मीबाट लुम्छातर्फ आउँदै गरेको जेसिबी दुर्घटना भएको बनाइएपनि  दुर्घटनाको  कारण  खुलाइएको  छैन  ।  चालक वलीको  घर दाङको शान्तिनगर  गाउँपालिका–१ तिलकपुर  भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको गुल्मीका प्रहरी प्रवक्ता डिएसपी माधवराज खरेलले जानकारी दिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप