शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

फिल्म ‘डलर एयुडी’ निर्माण हुने

शुक्रबार, २७ जेठ २०७९, ११ : ४५
शुक्रबार, २७ जेठ २०७९

फिल्म ‘डलर एयुडी’ निर्माण हुने भएको छ । बिहीबार साँझ राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्म निर्माण घोषणा गरिएको हो । देवकुमार श्रेष्ठको निर्देशन रहने फिल्म सन्तोष अधिकारीले निर्माण गर्न लागेका हुन् । सन्तोष अधिकारी फिल्मस् र अमारिया प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा अर्पण थापा, मेनुका प्रधान, सन्तोष अधिकारी लगायतको अभिनय रहने छ ।

नेपालबाट अष्ट्रेलिया जाने नेपालीको जीवन कथाको बिषयमा निर्माण हुने फिल्मको सह–निर्मातामा धर्मराज अधिकारी, गंगाराम वाग्ले, अरुण श्रेष्ठ, अन्जना अधिकारी, तृष्णा गुरुङ लगायत रहेका छन् । अधिकांश छायांकन अष्ट्रेलियामा हुने बताइएको फिल्मको कथा सन्तोष अधिकारीले लेखेका हुन् । जसको पट्कथा चे शंकरले तयार पारेका छन् ।

सुरेश राई, सन्तोष मिश्रको संगीत रहने फिल्मको बाँकी कलाकार प्राविधिक पक्ष केही समयमा सार्वजनिक गर्ने निर्माण पक्षले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप