पहिरोले मुग्लिन-नारायणगढ सडक अवरुद्ध
पहिरो हटाउन चितवनका एसपी सडकमा
शुक्रबार, २७ जेठ २०७९, १० : ०६
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोला र नाम्ची खोलामा पहिरो खसेको छ । पहिरोका कारण सडक अवरुद्ध भएको छ ।
नारायणगढ–मुग्लिनमा ठाउँठाउँमा सुख्खा पहिरो खसेपछि सडक सुचारु गराउने चितवनका एसपी राजमार्गमा पुगेका छन् । सड्क सुचारु गर्न आवश्यक मेसिनरी र प्राविधिकको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको चितवनका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
‘ठाउँ ठाउँमा पहिरो खसिरहेको छ’ एसपी अधिकारीले रातोपाटीसँग भने–‘पहिरो पन्छाउँदै सवारी साधन सुचारु गरिरहेका छौं ।’ बिहान ९ बजे इछाकामना गाउँपालिका–६ तोपेखोला नजिकै खसेको पहिरो हटाउने प्रयास भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज विश्व रेबिजविरुद्धको दिवस : नेपालमा वार्षिक करिब ७० हजार कुकुरले टोकेका बिरामी
-
किष्ट अस्पतालमा पस्यो कर्मनाशाको पानी, बिरामी सुरक्षित स्थानमा
-
नागढुंगाको नागमन्दिरमा पहिरो, यातायात पूर्ण अवरुद्ध
-
झापामा खोलाले बगाएर तीन जना बेपत्ता
-
अमेरिकामा हेलेन नामक आँधीका कारण ३३ जनाको मृत्यु
-
विदेशी मुद्रा विनिमय दर : आज कुनको मूल्य कति ?