शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

राजनीति गर्नेहरुले पनि जीविकोपार्जनका लागि काम गर्नुपर्छ : गगन थापा

शुक्रबार, २७ जेठ २०७९, ०९ : ०७
शुक्रबार, २७ जेठ २०७९

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले राजनीतिक क्षेत्रमा सक्रिय हरेक व्यक्तिले जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्ने बताएका छन् ।​ नील डेविड्स सलुनको १६ औं वार्षिकोत्सवमा पूर्व स्वास्थ्यमन्त्री समेत रहेका थापाले सो धारणा राखेका हुन् ।

थापाले उक्त अवसरमा नीलडेविड कटवाललाई पेशाको अन्तर्राष्ट्रिय ब्राण्ड बनाउन सफल भएको अझै प्रगतिको शुभकामना समेत दिए । काँग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्लेकी पत्नी मेनुका काफ्लेले हात्तीगौंडामा नीलडेविड्स सलूनको नयाँ शाखा सञ्चालनमा ल्याएकी हुन् ।

उक्त शाखाको उद्घाटनमा थापाको अलवा अभिनेता भुवन केसी, अभिनेत्री सञ्चिता लुईंटेल लगायत पुगेका थिए । कार्यक्रममा अभिनेता भुवन केसी तथा अभिनेत्री सञ्चिता लुईंटेलले अन्तर्राष्ट्रिय विमान परिचारिका समेत रहेकी मेनुका काफ्लेद्वारा सञ्चालनमा ल्याएको नीलडेविड्स सलूनको सफलताको शुभकामना व्यक्त गरे ।

हात्तीगौंडाको मुख्य सडक किनारामा सञ्चालनमा आएको नीलडेविड्स यूनिसेक्स सलूनमा हेयर तथा मेकअप सम्बन्धि सम्पूर्ण उपलब्ध भएको सञ्चालिका मेनुका काफ्लेले जानकारी दिइन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप