५८ वर्षमा राजेश हमालले काटे १८ औं जन्मदिन लेखिएको केक

अभिनेता राजेश हमाल अभिनित म्युजिक भिडियो ‘गुन्द्रुक तिउन’ सार्वजनिक गरिएको छ । हमालको ५८ औं जन्मदिनको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रमका बीच गीत सार्वजनिक गरिएको हो । जसको सार्वजनिक हमालले नै गरेका थिए ।
ससुराली रेष्टुरेन्टमा आयोजित एक कार्यक्रममा म्युजिक भिडियो टिमको तर्फबाट हमालको जन्मदिनको केक समेत काटिएको थियो । जसमा हमालको १८ औं जन्मदिन भनेर लेखिएको थियो ।
‘म जब १८ बर्ष पुगेको थिएँ, त्यो समयदेखि उमेर गन्न छाडिदिएँ । त्यसैले केकमा १८ वर्ष लेखिएको होला’ केकमा लेखिएको १८ वर्षको बिषयमा हमालले सबैको जिज्ञासा मेटाए ।
राजु परियार र करुणा राईको स्वर रहेको सार्वजनिक गीतमा शब्द र संगीत गोविन्द पराजुलीको छ । यस्तै गीतको भिडियोमा अभिनेता हमालसँगै गायिका करुणा आफैले अभिनय गरेकी छिन् । भिडियोको निर्देशन देवेन्द्र पाण्डेले गरेका हुन् ।
गायिका करुणाले सानैदेखि राजेशसँग अभिनय गर्ने चाहाना भिडियोले पुरा गरेको बताइन् । ‘मैले कहिल्यै सोचेकी पनि थिइन्, कि राजेश दाइसँग यसरी भिडियोमा काम गर्न पाउँछु । यो मेरो लागि ठूलो अवसर हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संरक्षणको पर्खाइमा सेकुङ ताल
-
इटालियन सिरी’एमा इन्टर मिलानको ‘सहज उपाधि यात्रा’मा धक्का
-
प्रिमियर लिगको उपाधि उचाल्न लिभरपुलले अझै कुर्नु पर्ने, आर्सनल जित्दा फेरियो माहोल
-
वानखेडेमा मुम्बईको शानदार जित, चेन्नई हेरेको हेर्यै
-
मनाङमा मोटर चलेको १५ वर्षपछि सार्वजनिक बस सेवा सञ्चालन
-
१२ बजे, १२ समाचार : राप्रपा नेता धवलशमशेरलाई हाजिर जमानीमा छाडियोदेखि रविकी पत्नी निकिताले दायर गरिन् रिटसम्म