बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बसको ठक्करले सहचालकको मृत्यु

शुक्रबार, २७ जेठ २०७९, ०८ : १४
शुक्रबार, २७ जेठ २०७९

पृथ्वी राजमार्गको मौवाखोलामा बसको ठक्करबाट सहचालकको मृत्यु भएको छ । आज बिहान ४ बजेको समयमा इच्छाकामना गाउँपालिकाको मौवाखोलामा बसका सहचालक सुनसरी झुम्काका २३ वर्षीय जनक दाहालको मृत्यु भएको हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार काठमाडौँबाट भारतको सिलगीतर्फ जाँदा गरेको बा५ख ७८४३ नम्बरको नेपाल भारतमैत्री बसले सोही बसका सहचालक दाहाललाई ठक्कर दिएको थियो ।

दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको छ भने बस र बसका चालकलाई इलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप