विपतबाट बच्न प्रदेश १ ले अघि सार्यो प्रतिकार्य योजना

नेपालमा मनसुन प्रवेश गरेसँगै प्रदेश १ सरकारले मनसुनजन्य घटनाबाट सुरक्षित रहनका लागि प्रतिकार्य योजनालाई अगाडि बढाएको छ । मनसुनबाट हुने क्षति नहोस तथा भइहालेमा त्यसको प्रतिकार्य चाँडो गरी नागरिकलाई सुरक्षित बनाउनका लागि सरोकारवाला निकायसँग छलफल गरेको छ ।
बिहीबार आन्तरिक मामिला तथा कानून मन्त्रालयमा आयोजना भएको अन्तरक्रिया कार्यक्रममा सरोकारवाला निकायसँग सुझाव संकलनका साथै विपत् भई हालेमा छिटो भन्दा छिटो उद्धार कसरी गर्न सकिन्छ भनेर छलफल गरिएको हो ।
यो वर्ष वर्षायाममा औसतभन्दा बढी नै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गर्दै गर्दा जोखिम बढी हुने भएकाले त्यसलाई प्रतिकार्य गर्नका लागि सबै क्षेत्रका प्रतिनिधिहरू जुट्नुपर्नेमा सहभागीले जोड दिएका छन् । छलफलमा सुरक्षा निकायका प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी क्षेत्रका प्रतिनिधिले आआफ्ना धारणा व्यक्त गरेका थिए ।
छलफलमा प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिल राईले विपतको प्रतिकार्यका लागि प्रदेश १ का तराईका जिल्लामा डिएसपी तथा पहाडी जिल्लामा प्रहरी निरीक्षकको नेतृत्वमा टोली तयारी अवस्थामा रहेको जानकारी दिए । विपद् घटनाको पहिलो सूचना नै प्रहरीसमक्ष पुग्ने भएकाले प्रहरी तैनाथ अवस्थामा रहेको उनले बताए । प्रदेशका तीनवटै सुरक्षा निकायका प्रतिनिधिले सबैको सहयोगमा उद्धार तथा राहतका काम छिटो गर्न सकिने धारणा राखेका छन् ।
सरोकारवाला निकायका प्रतिनिधिले विपद्को पूर्व तयारीले नै क्षतिको अवस्था कस्तो हुन्छ भन्ने देखाउने बताएका छन् । भौतिक संरचना निर्माण गर्दा विशेष ख्याल गरेमा पनि धेरै मात्रामा विपद्को जोखिम घट्ने उनीहरूको धारणा थियो ।
मन्त्रालयले नागरिकलाई सुरक्षित राख्नका लागि सम्बन्धित मन्त्रालयलाई आफ्नो क्षेत्राधिकार भित्रबाट काम गर्न आग्रह गरेको छ । मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले नागरिकको सुरक्षाका लागि साथै उद्धार तथा राहतका लागि तत्तत् निकायबाट काम गर्न निर्देशन दिए । विपत हुनुपूर्व नागरिकलाई सुसूचित गर्नेदेखि विपत् भइहालेमा त्यसपछि उद्धार तथा राहतको काममा एकजुट भएर लाग्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलीको नाममा अर्को कीर्तिमान
-
तस्बिरमा हेर्नुहोस् नेपाल र म्यानमारको खेल
-
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षाध्यक्षमा लम्साल नियुक्त
-
शिवपुरी राष्ट्रिय निकुञ्जमा हाइकिङ गएर अलपत्र परेका १० किशोरहरूको उद्धार
-
नेपाल र म्यानमारको खेल बराबरीमा सकियो
-
एयरपोर्टमा सुन ल्याए नल्याएको जाँच कसरी हुन्छ ?