सीजी मोटर्सले ल्यायो सस्तो इलेक्ट्रिक कार

चौधरी ग्रुप अन्र्तगतको सीजी मोटर्सले नेपालमा उच्च गुणस्तर र सस्तो मुल्यमा इलेक्ट्रिक कार उपलब्ध गराएको छ । अत्याधुनिक फिचर्सहरूमा उपलब्ध चिनियाँ इलेक्ट्रिक कार निटाभीको मुल्य ३७ लाख ९९ हजार रुपैयाँ रहेको छ । निटाभीमा उपलब्ध फिचर्स रहेका अन्य इलेक्ट्रिक कारको न्यूनतम मुल्य नेपाली बजारमा ४० लाखभन्दा माथि रहेको छ ।
निटा भीको मूल्यका सम्वन्धमा सामाजिक सञ्जालमा भइरहेका केही टीकाटिप्पणीप्रति सीजी मोटर्स र कार उत्पादक कम्पनी होजोन अटोमोवाईलले गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । विहिबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै दुवै कम्पनीले यस सम्वन्धमा सुनियोजित रुपमा भ्रम श्रृजना गरी उपभोक्ताहरूलाई गुमराहमा पार्ने कोशिस गरिएको भन्दै यथार्थता सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा चिनियाँ बजारमा उपलब्ध मूल्यसँग तुलना गर्दै यसको मूल्य नेपालमा धेरै रहेको र आधिकारिक बिक्रेताले उच्च नाफा राखेको जस्ता बिषयलाई प्रचार गरिएको छ ।
उत्पादक र नेपालका लागि आधिकारिक विक्रेता दुवै कम्पनीले गलत नियतका साथ कसैले तयार पारेको कन्टेन्टले बजारमा भ्रम श्रृजना गर्ने कोशिस भएको भन्दै वास्तविकता सार्वजनिक गरेका हुन् ।
सामाजिक सञ्जालमा भ्रम श्रृजना गर्नुअघि विद्युतीय कारको मूल्य निर्धारण र उत्पादक देशमा उपलब्ध सेवा सुविधाबारे जानकारी हुनु अत्यन्त जरुरी रहेकोमा दुवै कम्पनीले जोड दिएका छन् ।
चीनमा इलेक्ट्रिक कारमा उपभोक्तालाई ६ हजार डलरसम्मको अनुदान उपलब्ध रहेकाले चीनको उपभोक्ता मूल्यसँग नेपालको मूल्य तुलना गर्न नमिल्ने उत्पादक र आधिकारिक विक्रेता कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो
-
सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
वर्षाले शिक्षक आन्दोलन प्रभावित
-
क्यानडा : कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु
-
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित पेस
-
‘असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्छ’