लुम्बिनी प्रदेशमा साढे ८ लाखले गराए स्वास्थ्य बीमा
स्वास्थ्य बीमा कार्यक्रमप्रति लुम्बिनी प्रदेशका नागरिकहरुको आकर्ष बढ्दो छ । स्वास्थ्य बीमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा जनाकर्षण बढ्दो पाइएको हो । हालसम्म प्रदेशभर ८ लाख ६४ हजार १६७ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
त्यस मध्ये ४ लाख ४९ हजार ७९९ महिलाले र ४ लाख १४ हजार २९१ जना पुरुषले स्वास्थ्य बीमा गराएका छन् । प्रदेशका १२ वटा जिल्ला मध्ये स्वास्थ्य बीमा बढी गराउने जिल्लामा पाल्पा रहेको छ । जनशक्ति र व्यवस्थापन खर्चको अभावका बाबजुद पनि स्वास्थ्य बीमा कार्यक्रममा आफूहरु खटेको र जनताको आकर्षण पनि बढ्दो रहेको स्वास्थ्य बीमा बोर्ड, लुम्बिनी प्रदेश कार्यालय संयोजक मनोज पौड्याल बताउँछन् ।
यस्तो छ गुल्मीको पालिकागत अवस्था
गुल्मीमा स्वास्थ्य बीमा सचेतना र सदस्यता वितरणमा सत्यवती र रुरुक्षेत्र गाउँपालिका अगाडि छन् । स्वास्थ्य बीमा कार्यालय गुल्मीका अनुुसार हालसम्म सत्यवतीमा १२ हजार ३८५ जनाले र रुरुक्षेत्रमा ११ हजार २६७ जनाले स्वास्थ्य बीमा गराएका छन् । मुसिकोट नगरपालिकामा ५ हजार ४५५ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
चन्द्रकोट गाउँपालिकामा ४ हाजर १४६ जना , छत्रकोटमा ९ हजार २९४ , धुर्कोटमा ४ हजार ४४९ जना, गुल्मी दरबारमा ७ हजार ७१६ जना , इस्मामा ४ हजा ६८३ , कालिगण्डीमा ५ हजार २९९ जना, मालिका गाउँपालिकामा ५ हजार ६३९ जना र मदाने गाउँपालिकामा १ हजार ९४३ जनाले स्वास्थ्य बीमा गराएका छन् ।
जिल्ला सदरमुकाम रहेको रेसुङ्गा नगरपालिकामा भने १५ हजार ५५७ जनाले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा कार्यालय गुल्मीको तथ्याङकमा उल्लेख छ । स्वास्थ्य बीमा कार्यालय गुल्मीका दर्ता अधिकारी डिकेन्द्रबहादुर बिष्टका अनुसार पछिल्लो चरण गुल्मीमा स्वास्थ्य बीमा गराउने र नविकरण गर्नेको संख्या बढ्दो छ ।
यस्तै पछिल्लो एक बर्षमा गुल्मीभित्र तोकिएका पाँच वटा स्वास्थ्य संस्था मार्फत ५ करोडभन्दा बढीको स्वास्थ्य बीमा खर्च सरकारले भुक्तानी गरि सकेको दर्ता अधिकारी बिष्टले बताए ।
आर्थिक बर्ष २०७८ को मसान्तसम्म ३ वटा चौमासिकमा गरि गुल्मी अस्पताल, धुर्कोट प्राथामिक स्वास्थ्य उपचार केन्द्र, जोहाङ्ग प्राथामिक स्वास्थ्य उपचार केन्द्र , रुरू प्राथामिक स्वास्थय उपचार केन्द्र र श्रृंगा स्वास्थ्य उपचार केन्द्रमा कुल ५ करोड ४९ लाख ५४ हजार ३७९ रुपैयाँ सरकारले ती स्वास्थ्य संस्थाको दावा भुक्तानी गरिसकेको छ । गुल्मीमा कुल जन संख्याको १६.९३ प्रतिशतले स्वास्थ्य बीमा गराएका छन् । २०७६ माघ २१ गते देखि स्वास्थ्य बीमा कार्यालयको स्थापना भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले हेटौंडा कमिटीको अध्यक्षमा कार्की निर्वाचित
-
एकीकृत समाजवादीको कार्ययोजना पारित
-
रविलाई थप ४ दिन म्याद माग्दै प्रहरी
-
अल्छे सांसदले बैठक ‘बङ्क’ गर्दा ‘पङ्गु’ बन्दैछन् संसदीय समितिहरू
-
भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका ‘लुटेरा’ सिराहाबाट पक्राउ
-
केपी ओली भारतलाई देखाइदिने मनसायले हारगुहार गरेर चीन जानुभएको हो : पुन