केएमसीको निःशुल्क स्वास्थ्य शिविर : नौ सय बिरामी लाभान्वित
ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावरी नगरपालिका वडा नम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।
डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २२७ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसिजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ३१ जनाको दाँत निकालिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रिफर गरिएको छ ।
केएमसीले यसअघि गत मंगलवार कीर्तिपुरमा स्वास्थ्य शिविर सञ्चालन गरेर ११३३ जनाको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० औँ जन्मदिन मनाउन लागेका रोनाल्डोको गोल वर्षा जारी
-
बागमती प्रदेश सभा सञ्चालनका लागि सर्वदलीय बैठक बस्दै
-
४५ लाख खर्चेर बनाइयो ‘खोरेँत नियन्त्रण रणनीति’
-
कर्णालीमा अङ्ग्रेजी, गणित र विज्ञान विषयका शिक्षक अभाव
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले चयन