बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

केएमसीको निःशुल्क स्वास्थ्य शिविर : नौ सय बिरामी लाभान्वित

शुक्रबार, २७ जेठ २०७९, ०७ : ३२
शुक्रबार, २७ जेठ २०७९

ललितपुरको गोदावरी नगरपालिका–१२ स्थित ठेचोमा विहीबार सञ्चालन भएको निःशुल्क स्वास्थ्य शिविरबाट नौ सयभन्दा बढी बिरामी लाभान्वित भएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज, जेष्ठ नागरिक चौतारी र गोदावरी नगरपालिका वडा नम्बर १२ को सहकार्यमा शिविर सञ्चालन गरिएको हो ।

डलुचा गार्डेनमा सञ्चालित शिविरमा केएमसीका डाक्टरहरुले ९८२ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका छन् । शिविरमा २२७ जनाको रक्त परीक्षण, १९८ जनाको भिडियो एक्सरे र १२१ जनाको मुटुको जाँच (ईसिजी) गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार दाँतमा समस्या भएका ३१ जनाको दाँत निकालिएको छ । त्यस्तै शिविरमा उपचार सम्भव नभएका ४२ जना बिरामीलाई शल्यक्रियाका लागि अस्पताल रिफर गरिएको छ ।

केएमसीले यसअघि गत मंगलवार कीर्तिपुरमा स्वास्थ्य शिविर सञ्चालन गरेर ११३३ जनाको निःशुल्क उपचार गरेको थियो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा सबैको पहुँच पुगोस् भन्ने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनलाई तीव्रता दिइएको केएमसीका अध्यक्ष डा.सुनिल शर्मा बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप