बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

स्थानीय र आन्दोलनरतलाई बेवास्ता गर्दै फोहोर उठाउने सहमति, पुनः अवरोध हुने संकेत

शुक्रबार, २७ जेठ २०७९, ०७ : २२
शुक्रबार, २७ जेठ २०७९

काठमाडौं उपत्यकामा देखिएको फोहोर व्यवस्थापनको समस्या समाधान गर्न मध्यरात १ वजे १८ बुँदे सहमति भयो । सिसडोल बञ्चरेडाँडा–कुँडुले ल्याण्डफिल साइडमा फोहोर व्यवस्थापन गर्न १८ बुँदे सहमति भएको हो । तर गत सोमबारको सहमतिलाई नै कायम राखेको भन्दै स्थानीय आन्दोलन पक्ष असन्तुष्ट बनेका छन् । 

सहमतिको नाम मा नाटक मात्र भयको देखिन्छ ,प्रहरी को दमन वाट र नियन्त्रणमा लिएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानालगायत अन्य स्थानीयलाई खवर नै नगरी काठमाडौं महानगरको कार्यलयमा राति मिटिङ गरेकोमा स्थानीयले आपत्ति जनाएका छन् । गत सोमबार पनि  फोहोर उठाउन दिने भनेर त्रिपक्षीय सहमति भएपनि  प्रभावित क्षेत्रका बासिन्दाले अवरोध कायम गर्दै आएका थिए । 

प्रभावित क्षेत्रका तर्फबाट बिहीबार मध्यराति भएको वार्तामा स्थानीयहरु र संघर्ष समिति उपस्थिति नरहेको र पुरानै सहमतिपत्रमा ककनी गाउँपालिका वडा नम्बर १ र २ का अध्यक्ष तथा धुनिवेशी नगरपालिका वडा नम्बर १ र २ का अध्यक्षले हस्ताक्षर गरेको स्थानीयको आरोप छ । 

यद्यपी आज बिहान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीसँग स्थानीय र आन्दोलन पक्षसहित वार्तामा बस्ने तयारी भइरहेको बुझिएको छ । 

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप