शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

टी-२० अन्तरराष्ट्रिय क्रिकेट : भारतमाथि दक्षिण अफ्रिकाको जित

शुक्रबार, २७ जेठ २०७९, ०६ : ३८
शुक्रबार, २७ जेठ २०७९

पाँच श्रृंखलाको पहिलो टी-२० अन्तरराष्ट्रिय क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले सात विकेटले पराजित गरेको छ । यससँगै पाँच श्रृंखलामा दक्षिण अफ्रिकाले १(० को अग्रता बनाएको छ । बिहीबार दिल्लीमा भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

दक्षिण अफ्रिकाको जितमा रस्शी भान डेर डुसेनले अविजित सर्वाधिक ७५ रन बनाए । यस्तै डेभिड मिलरले ६४ रनको योगदान गरे ।  भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक(एक विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २११ रनको योगफल तयार पारेको थियो । 

भारतका इशान किशनले सर्वाधिक ७६ रन बनाए । यस्तै, श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६  जोडे । दक्षिण अफ्रीकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र  ड्वाने प्रिट्रोरियसले एक(एक विकेट लिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप