शंखमुलको आवास क्षेत्रमा शवदाह गृह बनाउन रोक
शुक्रबार, २७ जेठ २०७९, ०६ : १६
उच्च अदालत पाटनले ललितपुरको(११ शंखमूलको आवास क्षेत्रमा विद्युतीय शवदाह गृह बनाउने ललितपुर महानगरपालिकाको निर्णय कायान्वयन नगर्न आदेश दिएको छ।
न्यायाधीश टेकप्रसाद ढुंगाना र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले विद्युतीय शवदाह गृह बनाउने महानगरपालिकाको निर्णय कार्यान्वयन नगर्न बुधबार महानगरपालिकासँगै मेयर चिरिबाबुमहर्जनलगायतको नाउँमा परमादेश जारी गरेको हो।
महानगरपालिकाले २०७६ साल श्रावण २३ गते वागमती फाँट जग्गा एकीकरण आयोजनाअन्तर्गतको घना बस्तीभित्र विद्युतीय शवदाह बनाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा २०६७ साल असोज २४ गते त्यस सम्बन्धमा बोलपत्र सूचना प्रकाशित गरेको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङ यीबिच आज द्विपक्षीय भेटवार्ता
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
मौद्रिक नीतिको समीक्षा हुँदै, के-के होला परिवर्तन ?
-
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’
-
कपालमा अन्डा लगाउँदा के हुन्छ ?
-
पोखराको बाँझो जग्गामा कागतीखेती