शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण अफ्रिकासँग भारतको हार

शुक्रबार, २७ जेठ २०७९, ०० : ५७
शुक्रबार, २७ जेठ २०७९

भारतीय क्रिकेट टोलीमाथि पहिलो टी–ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाले जित निकालेको छ । बिहीबार राति भएको खेलमा भारत दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भएको हो । 
भारतले दिएको २१२ रनको लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रिकाको जितमा रस्सी भान डेर डुसेनले अविजित ७५ रनको अर्धशतकीय इनिङ खेले । यस्तै डेभिड मिलरले अविजित ६४ रनको अर्धशतकीय इनिङ खेले ।
भारतका भुवनेश्वर कुमार, हर्सल पटेल र अक्षर पटेलले एक–एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ४ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । 

भारतका इशान किसनले ७६ रनको अर्धशतकीय पारी खेले । श्रेयस इयरले ३६ तथा कप्तान ऋषव पन्तले ३६ र हार्दिक पान्डेयले अविजित ३१ रन बनाए ।
दक्षिण अफ्रिकाका केशव महाराज, एन्रिच नोर्किया, पर्निल र  ड्वाने प्रिट्रोरियसले एक एक विकेट लिए । जितसँगै पाँच खेलको सिरिजमा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप