शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री श्रेष्ठको सचिवालय भन्छ : हातपात भएको होइन

बिहीबार, २६ जेठ २०७९, २२ : ५८
बिहीबार, २६ जेठ २०७९

सङ्घीय मामिला तथा समान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको सचिवालयले मन्त्री श्रेष्ठमाथि हातपात नभएको बताएको छ । बिहीबार मन्त्री श्रेष्ठको सचिावलयले एक विज्ञप्ति जारी गर्दै मन्त्री श्रेष्ठमाथि हातपात र चर्काचर्की नभएको स्पष्ट पारेको हो ।

मन्त्री श्रेष्ठको कार्यकक्षमा भएको भेटघाट र त्यहाँ हातपात भएको भन्ने समाचारबारे सचिवालयको ध्यानकर्षण भएको बताउँदै मन्त्री श्रेष्ठको निजी सचिवालयले भ्रामक समाचारप्रति दुःख व्यक्त गरेको छ ।  उक्त भेटघाट कार्यक्रममा तराई मधेश समृद्धि कार्यक्रम र पालिकाहरुमा स्थानीय पूर्वाधार विकास कार्यक्रमबारे नियमित छलफल भएको जानकारी समेत विज्ञप्तिमा दिइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप