बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिसमक्ष राजदूतले गरे ओहोदाको प्रमाणपत्र पेश

बिहीबार, २६ जेठ २०७९, २१ : ५९
बिहीबार, २६ जेठ २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि चिली, जमैका, इन्डोनेसिया र स्पेनका राजदूतहरुले ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । उनीहरुले छुट्टाछुट्टै समारोहमा प्रमाणपत्र पेश गरेका हुन् । 

चिलीका उवान रोलान्डो एङ्गुलो मोनस्लाभ, जमैकाका जासन किट्स म्याथ्यू हल, इन्डोनेसियाका हेरु हारटान्टो सुबोलो र स्पेनका ओसे मारिया रिडाओ डोमिनगेजले आआफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन् । सो अवसरमा परराष्ट्रमन्त्री डा नारायण खड्कालगायतका उच्च अधिकारीको उपस्थिति थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप