शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पितृत्व परीक्षणबाट आफूले हुर्काएका तीन छोरी आफ्नो नभएको खुलेपछि...

बिहीबार, २६ जेठ २०७९, २१ : २२
बिहीबार, २६ जेठ २०७९

चीनका एक ४५ वर्षीय पुरुषले आफ्ना तीन छोरीहरू आफ्ना जैविक सन्तान नभएको थाहा पाएपछि १६ वर्षकी आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेद गरेका छन् ।  पूर्वी चीनको जियाङ्सी प्रान्तका चेन थर भएकी ती व्यक्तिले यु थर भएकी आफ्नी श्रीमतीसँग सम्बन्धविच्छेदको आवेदन दिएका छन् । चेनले पितृत्व परीक्षणको क्रममा आफ्ना तीन छोरीहरू अन्य व्यक्तिको रहेको थाहा पाएका थिए ।

चेन कामका सिलसिलामा घरबाट टाढा काम गर्थे । श्रीमतीसँग भिडियो तथा अडियो कलमार्फत निरन्तर सम्पर्कमा रहने गरेकाले उनीलाई सुरुमा श्रीमतीमाथि शंका थिएन ।  तर यस वर्षको सुरुमा उनकी श्रीमतीले उनका कलहरू बेवास्ता गर्न थालेपछि भने उनी शंसकित हुन थाले । श्रीमतीले घरबाट टाढा काम गर्ने पनि बताउन थालेकी चाइना जियाङ्सी रेडियो र टिभी स्टेशनले रिपोर्टिङ गर्दै भनेको छ ।

त्यसपछि चेनले श्रीमतीको मोबाइल फोनको जीपीएस ट्र्याक गर्दै उनलाई पछ्याउने निर्णय गरे । मार्च १ मा, चेनले युलाई पूर्वी चीनको एउटा होटलमा पसेको देखे । उनले बाहिर बसेर निगरानी गरिरहेका थिए । भोलिपल्ट बिहान चेनले आफ्नी श्रीमतीलाई एकजना मानिससँग होटेलबाट बाहिर निस्किरहेको देखे ।

चेनले यति भएपछि पनि यूलाई माफी दिए तर आफ्ना बच्चाहरुको पितृत्व परीक्षणको सर्त राखे । उनले श्रीमतीको सम्बन्ध नयाँ सोचेर सुरुमा कान्छी छोरीको मात्र परीक्षण गरेका थिए । सो परीक्षणले उनीहरूको कान्छी छोरीलाई अर्को व्यक्तिको भएको खुल्यो । यसपछि पनि उनले चेनलाई माफी दिने सोचेर सँगै बस्ने निर्णय गरे ।  तर चेनको मन तब बदलियो जब बाँकी दुई छोरीको पितृत्व परीक्षणहरू गर्दा ती पनि चेनका जैविक सन्तान नभएको पत्ता लाग्यो । 

चेनका लागि स्तब्धकारी यो खुलासापछि, श्रीमती यू बेपत्ता भइन् । चेनले कति प्रयास गर्दा पनि श्रीमतीलाई भेट्टाउन सकेनन् । त्यसपछि उनले स्थानीय सञ्चारमाध्यमबाट मद्दत मागे । चाइना जियाङ्सी रेडियो र टिभी स्टेशनले उनको अन्तरवार्ता लियो । टीभी अन्तर्वार्ताका क्रममा उनी टाउको समाउँदै रोएको तस्बिरले समाजिक सञ्जालमा चर्चा पायो ।  

‘कुनै पनि छोरी मेरो आफ्नै बच्चा रहेनछन् ,’ टीभी अन्तरवार्तामा चेनले रुँदै भनेका थिए । यु त्यसपछि पनि सम्पर्कमा आइनन् । पछि उनलाई कुनै टीभी च्यानलले फोन सम्बाद गर्न सफल भयो ।  फोन सम्वादबाट युमा उनको कृत्यप्रति कुनै पछुतो देखिँदैन । ‘मैले चेनलाई धोका दिएजस्तो लाग्दैन । के जैविक पितृत्व साँच्चै त्यति महत्वपूर्ण हुन्छ ? बच्चा जन्माउन नसक्ने दम्पतीले धेरै पहिलेदेखि नै अरुका बच्चालाई ग्रहण गर्दै आएका छन् ,’ युले फोन अन्तर्वार्तामा भनिन् । 

उनले अर्कै पुरुषसँग गर्भवती भएको थाहा पाएपछि आफ्ना तीन छोरीहरूको बेवास्ता गर्दै  सम्बन्धविच्छेद गर्न खोजेकोमा उल्टो चेनको आलोचना पनि गरिन् । ‘मेरो ठाँउमा उभिएर एकपटक सोच्ने प्रयास गर्नुस् न । तीन छोरीहरु जसले जीवनभर उनलाई ‘बुवा’ माने, तिनैलाई अहिले उनी आफ्ना छोरी होइनन् भन्दै छन् । यस्तो व्यवहार गर्ने चेन र जनावरमा के फरक रह्यो र ?’ युले आक्रोशपूर्ण प्रतिक्रिया दिएकी छन् ।

चिनियाँ सामाजिक सञ्जालमा युको व्यवहार र पतिप्रतिको उनको अनादरको आलोचना भइरहेको छ । बेइजिङ झोङची ल फर्मका झोउ थरका वकिलले चीनको कानुनअनुसार श्रीमानले उनको श्रीमतीको व्यवहारले सम्बन्धमा गम्भिर क्षति पुर्याएको पाएमा सम्बन्धविच्छेदको मुद्दा दायर गर्न सक्ने बताए । 

‘चेनको हकमा उनले सम्बन्धविच्छेदको लागि आवेदन दिँदा आफ्नी पत्नीलाई तीन बच्चाको लागि भएको खर्चको क्षतिपूर्ति माग गर्ने मात्र होइन, श्रीमतीले पारेको मनोवैज्ञानिक पीडाको लागि समेत क्षतिपूर्ति माग गर्न सक्छन् ,’ अलब्राट ल अफिसका यु थरका अर्का वकिलले भने, ‘चिनियाँ कानूनले विवाहमा हानी पुर्याएर सम्बन्ध विच्छेद हुँदा हानी गर्ने व्यक्तिले पछि हुने सम्बन्धविच्छेदमा सम्पत्तिको अंश गुमाउन सक्छ ।’ –साउथ चाईना मर्निङ पोष्टबाट


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप