आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

बानेश्वरमा सिलिन्डर विष्फोट गराउने ४ जना कारागार चलान

बिहीबार, २६ जेठ २०७९, २० : ५७
बिहीबार, २६ जेठ २०७९

वैशाख ३० मा बिहान काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन अगाडि ग्याँस सिलिन्डर विष्फोट गराउने ४ जनालाई अदालतले थुनामा राख्न आदेश गरेको छ । विष्फोट गराएको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले गोरखाका हरिकृष्ण थापा, काभ्रेका करण श्रेष्ठ, भोजपुरका युवराज थापा र खोटाङका भरत कुमार राई उर्फ ‘बिके सिंह’ लाई पक्रेर मुद्दा चलाएको थियो ।

विष्फोटक पदार्थ सम्बन्धी कसुरमा जिल्ला  अदालत काठमाडौंले बिहीबार उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको हो । अदालतको आदेशअनुसार विष्फोटमा संलग्नहरुलाई कारागार कार्यालय डिल्लीबजार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।

स्थानीय तह निर्वाचनको दिन बिहान करिब २ बजेतिर एउटा समूहले  ‘सिलिन्डर बम’ विष्फोट गराएको थियो । प्रहरीले सुरक्षा ‘थ्रेट’ आकलन नै नगरेको नेपाल कम्यूनिष्ट पार्टी (सिवादी)ले सो विष्फोट गराएको अनुसन्धानबाट थाहा भएको छ । नेकपा (सिवादी)ले घटनास्थलमा फालेको ‘पर्चा’को आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

आरोपीहरुले सिलिन्डरबाट ग्यास लिक गराएर डस्नाले छोपेर पेट्रोल छर्कपछि आगो झोसेर भागेका थिए । सो सिलिन्डर विष्फोट भयो ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप