मकवानपुर गोल्डकप : सेमिफाइनल समीकरण पूरा
मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । विहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको हो ।
बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुधबार दिउँसो बर्षाको कारण स्थगित भएको विजय यूथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो । विजय यूथका लागि अमिर श्रेष्ठ, संजोग राई र सुनिल घलानले समान १÷१ गो गरे । सिमराका डिफेण्डरले विजय युथका अमिर श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच विजय यूथका सुनिल घलान भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
त्यसैगरी विहीबार दिउँसो भएको खेलमा क्यामरुनको एभिनियर एफसीले ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो । चारै गोल पहिलो हाफमा भएको थियो । एभिनियरका लागि बिल्ले, टिम्बा टिम्बा, एब्डेल र सेम सेम समान १÷१ गोल गरेका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रस्तुत गरेका थिए ।
यसअघि भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपीएफ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल पुलिस क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । शुक्रबारबाट सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल खेल विजय यूथ र नेपाल पुलिस क्लबबीच हुनेछ भने शनिबार दोस्रो सेमीफाइनल आर्मी र एभिनियर एफसी बीचमा हुनेछ ।
३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३ हजार कानुन व्यवसायी करको दायरामा आएका छन् : सचिव सापकोटा
-
रुकुम पश्चिमकाे सानीभेरी नदीकाे किनारामा एक व्यक्तिको शव फेला
-
कुन राशिका लागि पुस महिनामा कस्तो योग छ ?
-
सरकारको प्रयासका कारण ब्याजदर एकल अंकमा आउन सम्भव भयो : अर्थमन्त्री
-
पाकिस्तानलाई जिल्याउँदै नेपाल सेमिफाइनलमा, मंगलबार भारतसँग भिड्ने
-
उच्च अंकले घट्यो नेप्से, परिसूचक २६३१ बिन्दुमा