जिसस लमजुङमा एमाले विजयी
लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।
तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली काँग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो ।
जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट काँग्रेसका मुरली कुमालको उम्मेदवारी परेको थियो । गुरुङले १० मत ल्याए भने कुमालले ६ मत प्राप्त गरेका छन् । जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भएकी छन् । सदस्यमा पनि एमालेको मात्र उम्मेदवारी परेपछि सबै सदस्य निर्विरोध भएका छन् ।
समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मर्स्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा साखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आलिया दोस्रो पटक डिपफेकको शिकार
-
शाहिद-करिनाको तारिफ गर्दै इम्तियाजले भने, ‘ब्रेकअपपछि पनि दुवैले व्यावसायिक भएर काम गरे’
-
कोशीमा बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई पुनः अनुरोध गर्ने निर्णय
-
कर्णाली : बजेट थप गरी कार्यान्वयन गर्ने भनिएका ५७४ टुक्रे योजना अलपत्र
-
जसपाले गठबन्धनको विकल्प खोजेको छैन, सरकारमा रहेका केही दलले भ्रम छरे : उपेन्द्र यादव
-
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक–थ्रु’