मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा बजेटको आकार ठूलो हुन्छ : मुख्यमन्त्री भट्ट

बिहीबार, २६ जेठ २०७९, १९ : ०७
बिहीबार, २६ जेठ २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आगामी आर्थिक वर्षको बजेटको आकार ठूलो हुने बताएका छन् । प्रदेशसभाको दशौं अधिवेशनको नीति तथा कार्यक्रममाथि उठेका जिज्ञासाको जवाफ दिँदै संघिय सरकारबाट प्राप्त अनुदानको आकार र प्रदेशको आम्दानीका आधारमा मुख्यमन्त्री भट्टले प्रदेशको बजेटको आकार ठूलो हुने बताएका हुन ।

‘हाम्रो प्रदेशको सबैभन्दा राम्रो पक्ष भनेको हाम्रो बजेट कहिले घाटामा गएन । अहिले संघीय सरकारबाट पनि अनुदान १७ अर्व बराबर प्राप्त भएकाले यस वर्ष बजेटको आकार ठूलो रहनेछ’, उनले भने,‘बजेट ठूलो हुने छ । कार्यक्रममा कम बजेट पर्न सक्छ ।’ उनले संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा कम अनुदान पठाएको बताए ।  

मुख्यमन्त्री भट्टले नीति तथा कार्यक्रमलाई टेकेर नै आगामी आर्थिक वर्षको बजेट निर्माण हुने बताए । उनले चार वर्षको अवधिमा थुप्रै विकास भएको बताए । ‘हिजोको तुलनामा अहिले धेरै विकास भएको छ । दुर्गम ठाउँमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतमा सुधार भएको छ । प्रदेश सरकारको सिमित बजेट सबै जिल्लाका दुर्गम क्षेत्रमा लगानी भएको छ’ उनले भने ।

उनले संघिय सरकारका कारण प्रदेश लोक सेवाका काम अघि बढाउन नसकिएको बताए । उनले राजधानीको काम पनि संघिय सरकारकै कारण अघि बढाउन नसकिएको बताए । उनले क्रमागत कार्यक्रमको उद्देश्य पुरा नहुँदा सम्म अघि बढ्ने बताए । बिहिबार नै सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप