शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

सांसदको संख्या र समानुपातिक निर्वाचन प्रणाली खारेज गरौं : देवकोटा (भिडियोसहित )

बिहीबार, २६ जेठ २०७९, १८ : ३०
बिहीबार, २६ जेठ २०७९

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणाली खारेज गर्न सुझाव दिएका छन् ।

बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै सांसद देवकोटाले समानुपातिक निर्वाचन प्रणाली खारेजलगायतका विषयमा आफ्नो धारणा राख्दै समग्र राज्य सञ्चालनमा सुधार ल्याउन निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताएका हुन् । ‘अबको केही समयपछि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको मिति घोषणा हुन्छ । सर्वत्र चुनाव महङ्गो भयो भन्ने गुनासो छ’, देवकोटाले भने, ‘यसैगरी समग्र राज्य सञ्चालन सुधारका लागि सांसदको संख्या र  निर्वाचन प्रणाली लगायतमा परिवर्तनको जरुरी रहेको बहश पनि शुरु भएको छ ।’

प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकको सिट संख्या हटाएर प्रत्यक्ष निर्वाचन प्रणाली मात्र अपनाउन सुझाव दिँदै उनले भने,‘समानुपातिक निर्वाचन प्रणालीमा नातागोता र पैसावालाले मात्रा बढी अवसर पाए भन्ने आम गुनासो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप