मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सामान्य प्रशासनमन्त्री श्रेष्ठमाथि कार्यकक्षमै हातपात

बिहीबार, २६ जेठ २०७९, १७ : ५१
बिहीबार, २६ जेठ २०७९

सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठमाथि सिंहदरबारस्थित मन्त्री कक्षमै हातपात भएको छ । जसपाका सांसद रामबाबु यादवले मन्त्री यादवमाथि हातपात गरेका हुन् ।

बिहीबार मन्त्रीको कार्यकक्षमा पुगेका सांसद यादव आफ्नो क्षेत्रमा बजेट नहालेको भन्दै मन्त्रीमाथि भौतिक हमलामा उत्रिएका थिए । मन्त्री श्रेष्ठमाथि हातपात हुन थालेपछि उनका पिएसओले बचाउ गरेका थिए । 

यद्यपि, मन्त्री श्रेष्ठका स्वकीय सचिव सुरज महर्जनले मन्त्रीमाथि हातपात भएको नभई चर्काचर्की मात्र भएको बताए । उनले भने, ‘चर्काचर्की मात्र भएको हो, हात हालाहाल भएको भन्ने कुरा हल्ला मात्र हो ।’ 

जसपाका निलम्बित सांसद हरिनारायण रौनियार पनि त्यसबेला मन्त्रालयमै रहेका थिए ।  श्रेष्ठ जसपाबाटै सामान्य प्रशासनमन्त्री  बनेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप