मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

काठमाडौं-४ बाट हेम बोम्जनले स्वतन्त्र उम्मेदवारी दिने

बिहीबार, २६ जेठ २०७९, १७ : ४८
बिहीबार, २६ जेठ २०७९

कृषिको अध्ययन गरेका हेम बोम्जोनले काठमाडौं क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवारी दिने भएका छन् । कृषि अध्ययन गरेका बोम्जोनले आगामी संघीय चुनावमा स्वतन्त्र उम्मेदवारी दिने तयारी गरेका हुन् । 

काठमाडौं महानगरपालिका ११ कपनमा बस्दै आएका बोम्जोनले कृषि क्षेत्रमा मुख्य प्राथमिकता दिएर उम्मेदवारी दिन लागेका हुन् । कृषि क्षेत्रमा खोज अनुसन्धान गर्दै आएका बोम्जोनले छोटो समय मिडिया क्षेत्रमा काम गरेको बताए ।

‘मैले कृषि क्षेत्रलाई प्राथमिकता दिएर काम गर्नेगरी संघीय चुनाव लड्ने सोचेको छु’ उनले भने, ‘कुनै दल वा कुनै संघसंस्थाको सहयोगबिना स्वतन्त्र युवाहरुको सहयोगमा चुनाव लड्ने तयारी गरेको छु ।’ बोम्जोन काँग्रेस महामन्त्री गगन थापाको क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप