बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

जब बच्चाबाट पाइन् महिमा चौधरीले क्यान्सरसँग लड्ने शक्ति

बिहीबार, २६ जेठ २०७९, १७ : ०७
बिहीबार, २६ जेठ २०७९

परदेस, सहर जस्ता धेरै फिल्ममा काम गरिसकेकी बलिउड अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् ।

अनुपम खेरले सामाजिक सञ्जालमा महिमाको एउटा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका छन् ।

यस भिडियोमा महिमा भन्छिन्,‘ममा कुनै लक्षण थिएन । म हरेक वर्ष मेरो नियमित परीक्षण गर्थें । यही क्रममा मैले मेरो स्तनको परीक्षण गराउनुपर्ने सल्लाह पाएँ । यो सुन्ने बित्तिकै म डाक्टरकहाँ गएँ । त्यहाँ डाक्टरहरूले मेरो परीक्षण गरे र मलाई स्तन क्यान्सर भएको पत्ता लाग्यो ।’  

महिमाले यो भिडियोमा अरू धेरै कुरा भनेकी छिन् ।

– क्यान्सरबारे छिट्टै थाहा पाउनु त खुसीको कुरा हो, किन रोएको ? भनेर सबैले भनिरहेका थिए तर क्यान्सर शब्द सुन्दा मात्रै पनि डर लाग्छ । यही कारणले गर्दा मैले यो कुरा मेरा आमाबुवासँग भन्न सकिनँ ।

– म मेरो आमाबुवासँगै बस्छु । मैले आमालाई ‘मेरो स्तनमा गाँठो भएका कारण मैले तपाईंलाई १० दिनसम्म भेट्न पाइनँ’ भनेँ । मेरो यो कुरा सुन्ने बित्तिकै उहाँको रक्तचाप बिग्रियो । उहाँलाई अस्पताल नै लैजानुपर्ने भयो ।

महिमाले आफ्नो रोग  र उनको फिल्मी करियर कस्तो रह्यो भन्नेबारे थप जानकारी यहाँ लिनुहोस् । साथै, युवतीहरू पनि स्तन क्यान्सरको चपेटामा आउँदैछन् भन्ने बारे जानकारी लिऔँ ।

महिमाले महिलालाई के सन्देश दिइन् ?

– मैले महिलाहरुबाट सिकेकी छु । केमोका लागि आएका महिलाहरुले केमो गरेर सिधै काममा जाने गरेको बताउँथे ।

– मैले उनीहरुलाई ‘तपाईंहरुको कम्पनीले बिदा दिँदैन ?’ भनेर सोधेँ । उनीहरुले मलाई कम्पनीले बिदा त दिने तर आफूहरु नै सामान्य जीवनयापन चाहेका कारण काममा जाने गरेको बताए ।

यस भिडियोको सुरुमा अनुपम खेरले महिमालाई प्रश्न गर्छन् र यसै क्रममा महिमाले आफ्ना अनुभव पनि सेयर गर्छिन् ।

– जब मैले आफ्नो कपाल गुमाएँ, संयोगवश मलाई धेरैले फोनमार्फत् सम्पर्क गर्नुभयो । यो कल वेब सिरिजको भूमिकाका लागि थिए ।

– मैले सेटमा विग लगाएर आउन सक्छु भनेर सोधेँ, जसमा तपाईंले ९अनुपम खेर० सोध्नुभयो कि तपाईं विग लगाएर किन आउनुहुन्छ ? तपाईं जस्तो हुनुहुन्छ, त्यसरी नै आउनुस् ।

परिवारबाट पाएको सहयोगबारे महिमा भन्छिन्, ‘मेरो परिवारमा सबै साहसी छन्, म त्यस्तो थिइनँ । म सधैँ रोइरहन्थेँ । त्यसपछि मैले एउटा सानो बच्चालाई भेटेँ । मैले उनको आवाज सुने र त्यसले मलाई शक्ति दियो । मैले ती बालकलाई केमो लिइरहेका बेला देखेको थिएँ र उनीसँग कुरा गर्ने कोसिस गरेँ । मैले भनेँ, ‘तपाईंको औषधी यति थोरै छ, मेरो त यति धेरै छ । उनले भने, ‘यहि औषधीले त निको पार्छ ।’

महिमाले भनिन्, ‘मैले उनलाई ‘मलाई त धेरै नै दुख्छ । म त सुतिरहन्छु’ भनेँ । उनले भने, ‘म पाँच दिन मात्र सुत्छु । त्यसपछि खेल्छु ।’

त्यसमा अनुपम खेरले महिमालाई भने, ‘तिमी मेरो हिरो हौ ।’

महिमा चौधरीको करियर 

महिमाले आफ्नो करियर सुभाष घईको फिल्म परदेसबाट सुरु गरेकी थिइन् । यो फिल्म सन् १९९७  मा रिलीज भएको थियो ।

महिमाले फिल्म परदेसका लागि फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।

महिमा चौधरीले दिल के करे, दाग, धडकन, कुरुक्षेत्र, दिल है तुम्हारा, लज्जा, तेरे नाम, ओम जय जगदीश हरे जस्ता धेरै फिल्ममा काम गरिसकेकी छिन् ।

महिमा केही चलचित्रमा साना भूमिकामा पनि देखिएकी छिन् । उदाहरणका लागि, बागबान र एलओसी ।

महिमाको जन्म सन् १९७३ मा बंगालमा भएको थियो । महिमाको बाल्यकाल दार्जिलिङमा बित्यो । महिमा सुरुमा बंगाली फिल्म मात्र गर्न चाहन्थिन् ।

महिमाले सन् २००६ मा विवाह गरिन् तर २०१३ मा पति बबी मुखर्जीसँगको सम्बन्ध टुट्यो ।

स्तन क्यान्सरको लक्षण कसरी चिन्ने ?

स्तनमा लम्प वा गाँठो

यदि स्तन सुन्निएको छ भने

स्तनको छालामा कुनै पनि प्रकारको परिवर्तन देखिन्छ, रातो हुनु वा कडा हुनु ।

निप्पलबाट तरल पदार्थ चुहिने

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप