शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

लमजुङका १३ वडा अध्यक्ष पुरानै

बिहीबार, २६ जेठ २०७९, १६ : २६
बिहीबार, २६ जेठ २०७९

स्थानीय तह निर्वाचनअन्तर्गत लमजुङका १३ जना वडा अध्यक्ष दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन् । जिल्लाका ७५ वडामध्ये विभिन्न स्थानीय तहका १३ जना वडा अध्यक्ष दोस्रो पटक निर्वाचित भएका हुन् ।

दोहोर्‍याउने वडा अध्यक्षमध्ये मध्यनेपाल, सुन्दरबजार र क्होलासोँथारमा तीन-तीन जना छन् भने मर्स्याङ्दीमा दुई जना, बेसीशहर र दोर्दीमा एक एकजना रहेका छन् । जिल्ला निर्वाचन कार्यालयको तथ्यांकअनुसार बेँसीसहरको वडा नम्बर ८ को अध्यक्षको दोस्रो कार्यकाल रहेको छ । यसैगरी, दोर्दीको वडा ६ का वडा अध्यक्ष पुनः निर्वाचित भएका हुन् ।

मध्यनेपाल नगरपालिकाअन्तर्गत वडा नम्वर २, ६ र १० र सुन्दरबजार नगरपालिका वडा नम्वर २, ३ र ७ का वडा अध्यक्ष दोस्रो कार्यकालका निम्ती निर्वाचित भएका हुन् । यस्तै, क्होलासोँथार गाउँपालिका वडा नम्वर १, ५ र ६ का वडा अध्यक्ष र मर्स्याङ्दी गाउँपालिकाको वडा नम्वर १ र २ का वडा पुनस् निर्वाचित भएका हुन् । राईनास र दुधपोखरीमा भने दोहोर्‍याउने वडा अध्यक्ष शून्य छन् । 

निर्वाचित जनप्रनिधिमध्ये तीन जना पालिका प्रमुख समेत दोस्रो पटक निर्वाचित भएका छन् । बेसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, मध्यनेपाल नगरप्रमुख रमेशकुमार पाण्डे र मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप