नवनिर्वाचित जनप्रतिनिधिलाई एमाले काठमाडौंले दियो प्रशिक्षण

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई स्थानीय तह सञ्चालनको कार्यलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा दुई दिनको प्रशिक्षण दिएको छ ।
पार्टीको निर्वाचनसम्बन्धी घोषणा पत्र, स्थानीय तह सञ्चालनसम्बन्धी कानुनी व्यवस्था, संघ, प्रदेश र स्थानीयको अधिकार क्षेत्रबारे, स्थानीय तहको बजेट निर्माण प्रक्रिया, अनुगमनका साथै जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धबारे नवनिर्वाचित जनप्रतिनिधिले कसरी बिषय उठान गर्ने भन्नेबारेमा एमालेले प्रशिक्षण दिएको हो ।
बुढानिलकण्ठ नगरपालिकाबाट सुरु भएको स्थानीय तह सञ्चालनसम्बन्धी प्रशिक्षण काठमाडौंका ११ वटै नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरूलाई दिइएको एमाले काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।
बिहीबारदेखि सुरु भएको कार्यक्रममा २० देखि २१ गते बुढानिलकण्ठ नगरपालिका, २१ र २२ गते गोकर्णेश्वर र कागेश्वरी नगरपालिका, २२ र २३ गते टोखा नगरपालिका २३ र २४ गते नागार्जुन र चन्द्रागिरी नगरपालिका २४ र २५ गते शंखरापुर र तारकेश्वर नगरपालिका २५ र २६ गते काठमाडौं नगरपालिकाका जनप्रतिनिधिलाई तालिम दिइएको अध्यक्ष निरौलाले बताए ।
तालिममा काठमाडौं जिल्लाअन्तर्गत रहेका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधि, नगर कमिटी र जिल्ला कमिटीका तोकिएका पदाधिकारीहरूको सहभागिता रहेको थियो । तालिममा कृष्ण राई, विन्दा पाण्डे, मिलन धरेल, रामशरण प्याकुरेल, कमान सिंह, रामप्रसाद भट्टराई, ज्ञानमाया डंगोल , सरिता न्यौपाने लक्ष्मी सापकोटा लगायतले प्रशिक्षण दिए । पार्टी स्कुल विभागअन्तर्गत उषाकिरण भण्डारीको संयोजकत्वमा तालिम सम्पन्न भएको निरौलाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको ठमेलमा विद्युत् सर्ट हुँदा आगलागी
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : चित्र बहादुर केसी
-
फरक मत व्यवस्थापन गर्न नसक्दा माओवादीमा शृङ्खलाबद्ध टुटफुट
-
कुलेखानी तेस्रो जलविद्युत आयोजनाको युनिटमा समस्या
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग