बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

युक्रेन युद्ध : विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढ्दो

बिहीबार, २६ जेठ २०७९, १६ : १९
बिहीबार, २६ जेठ २०७९

रूस–युक्रेन युद्धका कारण विश्वव्यापी खाद्य सङ्कटको जोखिम बढेको छ । युद्धले रूसी र युक्रेनी समाज तहसनहस मात्र भएको छैन ९४ देशका एक अर्ब ६० करोड मानिसले खाद्य सङ्कट झेल्नुपर्ने चेतावनी संयुक्त राष्ट्रसङ्घले दिएको छ । 
लम्बिँदो युद्धले कुनै न कुनै रूपमा ती देश वित्त, खाद्य, वा ऊर्जा सङ्कट सामना गर्न बाध्य भएका ग्लोबल क्राइसिस रेस्पोन्स ग्रुप बुधबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । युद्धले तीनवटै क्षेत्रलाई जोखिममा पारेको छ ।

राष्ट्र सङ्घीय प्रतिवेदनले खाद्यान्नको निरन्तर बढ्दो भाउ र इन्धनको मूल्यलाई स्थिर राख्न, सामाजिक सुरक्षा प्रणाली लागू गर्न र विकासोन्मुख देशलाई आर्थिक सहयोग बढाउन आह्वान गरेको छ । आगामी वर्ष खाद्यान्न सङ्कट रोक्न र त्यसमा पहुँच र उपलब्धता बढाउन ठोस काम गर्नुपर्नेमा जोड दिइएको छ । 

“यदि युद्ध जारी रह्यो, अनाज र मलको उच्च मूल्य आगामी खेती याममा पनि निरन्तर रह्यो भने मकै, गहुँ र सागसब्जीलगायत खाद्यान्न उपलब्धता घट्ने तथा थपिने ऊर्जा सङ्कटले अर्बौ नराम्ररी प्रभावित हुने छन्,”प्रतिवेदनमा भनिएको छ । 
महासचिव एन्टोनियो गुटरेसले युक्रेन युद्धको प्रभावले जीवनयापनको गम्भीर सङ्कट सिर्जना गरेको र त्यसबाट कुनै पनि देश वा समुदाय उम्कन नसक्ने बताएका छन् । खाद्य सुरक्षा, ऊर्जा र वित्तपोषणमा द्वन्द्वको प्रभाव घटाउन महासचिवले आफ्ना नागरिकहरूको जीवन र जीविकोपार्जन जोगाउन प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप