बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

कुमारी बैंक र सुप्रिम डेन्टल केयरबीच सम्झौता

बिहीबार, २६ जेठ २०७९, १६ : १७
बिहीबार, २६ जेठ २०७९

कुमारी बैंक र काभ्रेको बनेपास्थित सुप्रिम डेन्टल केयरबीच एक सम्झौता भएको छ । बैंकका ग्राहकहरुलाई सुप्रिम डेन्टल केयरबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको हो ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकले सो डेन्टल केयरबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट÷क्रेडिट कार्डबाट गर्दा सामान्य दन्त सेवामा १५%, ओर्थोदोंतीक्समा १०%, पेदोदोंतिक्समा १५%, प्रोसथोदोंतिक्समा १५%, एण्डोदोंतिक्समा १५% र डेन्टल इम्प्लान्ट्समा १०% छुट प्राप्त गर्न सक्ने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यस सुविधाबाट स्थानीयका सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सक्ने बैंकको विश्वास छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप