एक महिनादेखि भन्सार विभागमा थन्कियो ९९७० बोरा मल
बिहीबार, २६ जेठ २०७९, १५ : ४८
किसानले आवश्यक्ताअनुसार मल नपाइरहँदा भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । कृषि सामाग्री कम्पनी लिमिटेडले ल्याएको मल विगत १ महिनादेखि जाँचपास नै नभई थन्किएको हो ।
भन्सार विभागका अनुसार विगत १ महिना अघि भन्सार कार्यालयमा आइपुगेको मल जाँचपास नै भएको छैन । तर, यही समय असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका छन् ।
मल आयातकर्ता केन्द्र मल जाँचपासका लागि नआएपछि विभागले पत्र लेख्दै जाँचपास गर्न भनेको छ । मलको अत्याधिक माग रहेको र भन्सार कार्यालयमा स्थान अभावका कारणले छिट्टै जाँचपास गर्न विभागले कृषि सामाग्री केन्द्रलाई पत्र लेखेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान