असरफ घानीले अफगानिस्तान छाड्दा लाखौं डलर लगेको अमेरिकी एजेन्सीले पनि स्वीकार्यो
अफगानिस्तान पुनर्निर्माणको अनुसन्धान गरिरहेको अमेरिकी एजेन्सी स्पेसल इस्पेक्टर जेनेरल अफ अफगानिस्तान रिकन्सट्रकसन(सिगार)ले हालैको एक प्रतिवेदन सार्बजनिक गर्यो । रिर्पोटमा अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ घानीले देश छोड्दा आफूसँग दस लाख डलरभन्दा कम रकम लिएको बताएको छ।
गत वर्ष अगस्ट १५ मा काबुलमा तालिबान प्रवेश गरेपछि राष्ट्रपति घानी केही नजिकका सहयोगी र सुरक्षाकर्मीसहित अफगानिस्तानबाट भागेका थिए । यसअघि घानीले देश छाडेर बाहिरिदाँ पूर्व राष्ट्रपतिले करोडौं डलर लिएर भागेको हल्ला फैलिएको थियो ।
सिगारको रिपोर्टमा भने उपलब्ध प्रमाणका आधारमा घानीले पैसा लगेको देखिए पनि हल्ला चलेको परिणाममा नलेको पाइएको उल्लेख गरेको छ । रिपोर्टमा घानीले तीन वटा हेलिकप्टरमा ५ लाख डलर लिएर गएको देखिएको बताएको छ ।
सिगारले अफगानिस्तानका राष्ट्रपति भवन, राष्ट्रिय सुरक्षा परिषद्, रक्षा मन्त्रालय र अन्य धेरै पूर्व अधिकारीहरूसँग सम्पर्क गरेर यो प्रतिवेदन तयार गरेको हो । एजेन्सीले यस सम्बन्धमा पूर्व राष्ट्रपति असरफ घानीलाई पनि केही प्रश्नहरु पठाएको तर उनले जवाफ नदिएको बताएको छ ।
सिगारको रिपोर्टमा केही अपुष्ट सूचनामा तालिवान काबुल प्रवेश गर्दा अफगान राष्ट्रपति भवनमा करिब ५० लाख डलर रहेको र ती रकम पूर्वराष्ट्रपतिका विशेष अंगरक्षक हातमा पुगेको लेखेको छ । तालिवान राष्ट्रपति भवनतर्फ बढिरहेको खबरमाझ ती अंगरक्षकबीच यो रकमको बाँडफाँडलाई लिएर झगडा भएको सूचनाबारे पनि आफूहरुले सुनेको रिपोर्टम उल्लेख छ ।
हराएको रकम राष्ट्रपति भवनका लागि प्रयोग हुने तीन–चारवटा गाडीमा लगिएको र केही समयअघि तालिबानका प्रधानमन्त्रीले आफूहरु राष्ट्रपति भवन पुग्दा त्यहाँ करिब १० लाख डलर नगद भेटेको बताएका थिए ।
कोसँग पैसा थियो ?
सिगारको रिपोर्टमा अशरफ घानीले अफगानिस्तान छोड्दा दुई अधिकारीलाई पैसा बोकाएर लगेको उल्लेख छ । प्रतिवेदनमा दिइएको जानकारी अनुसार राष्ट्रपति भवनका सुरक्षा गार्डको एउटा बक्समा दुई लाख डलर थियो भने राष्ट्रिय सुरक्षा परिषद्का पूर्व अधिकारीसँग उडानको क्रममा एउटा बक्समा २ लाख ४० हजार डलर थियो ।
केही स्रोतले अफगानिस्तान छोड्दा राष्ट्रपतिसँग रहेका प्रत्येक व्यक्तिसँग ५ हजारदेखि १० हजार डलर रहेको सिगारलाई बताएको थियो । सिगारको रिपोर्टका अनुसार पूर्व राष्ट्रपति, उनकी श्रीमती र केही सहयोगीलाई उज्वेकिस्तानको विमानस्थलबाट संयुक्त अरब इमिरेट्स लैजानको लागि एउटा विमानले १ लाख २० हजार डलर तिरिएको थियो । विमानलाई गरिएको भुक्तानी तिनले राज्यकोषबाट लगेकै रकम तिरेका थिए ।
केही रुसी स्रोतहरूले अशरफ घानीले काबुल छोड्दा तीन हेलिकप्टरमा ६ करोड डलर लिएर गएको दावी गरेका थिए। तर पूर्वराष्ट्रपतिले भने यी आरोप अस्वीकार गरेका छन् ।
पूर्व अफगान राष्ट्रपति र उनका परिवारका सदस्यहरूलाई ‘मानवीय आधारमा’ संयुक्त अरब इमिरेट्सले स्वागत गरेको थियो र उनीहरू हाल त्यहाँ बसिरहेका छन् ।
काबुल छाडेपछि अशरफ घानीले एक भिडियो सन्देशमा आफूसँग करोडौं डलर लिएको आरोप अस्वीकार गर्दै संयुक्त राष्ट्र संघ वा अन्य कुनै स्वतन्त्र निकायबाट हुने पारदर्शी अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको बताएका थिए ।तर घानीले अहिलेसम्म सिगारले यस सम्बन्धमा पठाएको प्रश्नको जवाफ दिएका छैनन् ।
सन् २०२१ अक्टोबरमा, सिगारले तालिबानको सत्ता कब्जापछि विदेश भाग्नेक्रममा अशरफ घानीले १६.९ करोड डलर लिएर गएको भन्ने रिपोर्टहरूको छानबिन गर्ने घोषणा गरेको थियो ।
सिगार प्रमुख जोन सोप्कोले अमेरिकी कंग्रेसको विदेश मामिला समितिलाई आफूले आरोपको छानबिन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या