शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

इटालीकी १०० वर्षीया वृद्धाले नवीकरण गरिन् ड्राइभिङ लाइसेन्स

बिहीबार, २६ जेठ २०७९, १५ : १७
बिहीबार, २६ जेठ २०७९

इटालीकी एक जना १०० वर्षीया वृद्धाले उनको ड्राइभिङ लाइसेन्स नवीकरण गराएकी छन् । उनी पछिल्लो समय रेकर्डमा आएका १०० वर्षको उमेरमा लाइसेन्स नवीकरण गर्ने तेस्रो व्यक्ति भएकी छन् । क्यान्डिडा उडेर्जोको आखाँको परिक्षण सफल भएपछि उनलाई देशको उत्तरी प्रान्त भिसेन्जाको ड्राइभिङ स्कुलमा नयाँ ड्राइभिङ लाइसेन्स दिइएको थियो । 

उडेर्जोले लाइसेन्स लिएपछि पत्रकारहरुसँग बोल्दै आफूलाई आफ्नो काम आफै गर्न मन पर्ने र आफ्नो छोरामाथि भार बन्न मन नपर्ने बताएकी छन् । ‘ड्राइभिङ लाइसेन्स नवीकरण हुँदा म निक्कै खुसी छु । १०० वर्षसम्म बाँच्ने म भाग्यमानी ठहरिएँ, र यो उमेरमा पनि यति स्वास्थ्य हुनु मेरो लागि पनि अचम्मको कुरा हो । मलाई कुनै रोग छैन र मैले खाने औषधी भनेको त्यही कहिलेकाँही निद्राको चक्की मात्र हो ।’

उडेर्जोको आँखाको ज्योति यति राम्रो छ कि उनी अहिले पनि चस्मा नलगाई अखबार पढ्न सक्छिन् । इटाली सय वर्ष नाघेको सबैभन्दा ठूलो जनसंख्या भएको युरोपेली मुलुक हो । 
देशको राष्ट्रिय तथ्यांक एजेन्सी इस्ट्याटले मे महिनाको सुरुमा जारी गरेको तथ्याङ्क अनुसार इटालीमा सय वर्ष र त्यसभन्दा बढि उमेरका मानिसको संख्या २०,४५६ पुगेको छ, जुन सन् २०१९ मा झण्डै १४,४५६ थियो । तर यीमध्ये कतिजना अझै गाडी चलाउँछन् भन्ने यकिन तथ्यांक उपलब्ध छैन । 

८० वर्षभन्दा माथिका मानिसले प्रत्येक दुई वर्षमा तिनका गाडीको ड्राईभिङ लाईसेनस नविकरण गर्नुपर्ने हुन्छ । यो उमेर समूहका ड्राइभरले लाइसेन्स दिने कार्यालयमा उनीहरू शारीरिक र मानसिक रूपमा फिट छन् भनी सुनिश्चित गर्ने चिकित्सकीय प्रमाणपत्र उपलब्ध गराउनुपर्छ । 

यसअघि गत वर्ष १०० वर्ष पुगेका सिसिली(इटाली)का एक व्यक्तिले उनको लाइसेन्स नवीकरण भएपछि नयाँ गाडी किनेर मनाएका थिए । त्यसबेला ती व्यक्तिले स्थानीय प्रेससँगको कुराकानीमा उनी जीवनमा कहिल्यै दुर्घटना नभएको बताएका थिए । 

१०० औं जन्मदिनमा पनि ड्राइभिङ लाइसेन्स रहेका क्याम्पानिया क्षेत्रका अर्का व्यक्तिले कार परित्याग गर्ने कुनै मनसाय नभएको बताएका थिए ।
उडेर्जोले पत्रकारसँगको कुराकानीमा जीवनको सबैभन्दा ठूलो पछुतो तुलनात्मक जवान उमेरमै पति गुमाउनु पर्दा महसुस भएको बताइन् । ‘त्यसबेला साथीहरुसँग लामो लामो पैदल यात्रामा निस्किन थालें । यसले मलाई पति गुमाउदाँको पिडा भुलाउन सहयोग ग¥यो । मैले जीउनु भनेको धेरै भन्दा धेरै रमाइलो गर्नु हो भन्ने जीवनमन्त्र बनाएँ । सेवानिवृत्त भएपछि म हिँड्ने मानिसको समूहमा सामेल भएँ र त्यसबेलादेखि मैले कुनै पनि यात्रा छुटाएको छैन । हरेक आइतबार बिहान ६ बजे म हिँड्ने गर्छु ।’
द गार्जियनबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप