बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

जिल्ला अस्पताल लमजुङमा झाडापखालाका विरामी बढे

बिहीबार, २६ जेठ २०७९, १५ : १७
बिहीबार, २६ जेठ २०७९

गर्मी बढेसँगै लमजुङ जिल्ला अस्पतालमा विरामीको चाप बढेको छ । अस्पतालका प्रशासन प्रमुख हेमन्त श्रेष्ठका अनुसार हाल दैनिक तीन सय ५० देखि तीन सय ८० जना विरामी अस्पतालमा आउने गरेका छन् । 

गर्मी बढेसँगै अस्पतालमा झाडापखालाका विरामीको चाप बढेको छ । दैनिक रूपमा ५० भन्दा बढी झाडापखालाका विरामी अस्पतालमा चेकजाँचका लागि आउने गरेको अस्पतालले जनाएको छ । 

गर्मीका कारण खानपान तथा पिउने पानीमा विशेष ध्यान नदिँदा झाडापखालाका विरामीको चाप बढेको अस्पतालका डा। विष्णु अर्यालको भनाइ छ । यस्तै, अस्पतालमा हाडजोर्नी, आँखा, दाँत, पेटसम्बन्धी समस्या, महिला रोगसम्बन्धी समस्या भएकालगायतका विरामी आउने गरेका छन् । अस्पतालले पाँच वर्षमुनिका बालबालिका तथा जेष्ठ नागरिकलाई निःशुल्क उपचार गराउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप