बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

राजसंस्था आफ्नै कारणले समाप्त भयोः कमल थापा

बिहीबार, २६ जेठ २०७९, १४ : २४
बिहीबार, २६ जेठ २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था आफ्नै कारण  समाप्त भएको बताएका छन् । राजसंस्था सबैको अभिभावन बन्न नसक्दा  समाप्त भएको उनको भनाइ छ । थापाले निर्मल निवासले  दलहरू माथि अनावश्यक हस्तक्षेप गर्न  थालेपछि आफूले रोक्न  माग  गरेको जिकिर गरे। 

बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले राजसंस्थालाई मर्यादित र सबैको साझा बन्नको लागि लिखित रुपमा  पत्र लेखेको पनि बताए  । कुनै सुनुवाइ नभए पनि राजसंस्थाको  एजेन्डा छाडेको  उनको भनाइ थियो  ।

उनले अब कुनै पनि हालतमा राजसंस्था नफर्किने ठोकुवा पनि गरे । अध्यक्ष थापाले असम्भव एजेन्डा बोकेर जाँदा हिन्दु राष्ट्र लगायतका एजेन्डा ओझेलमा पर्ने भएकाले आफूले भारी मनले राजतन्त्रको  एजेन्डालाई परित्याग गरेको पनि बताए । पार्टीले अहिले लोकतन्त्र, राष्ट्रियता र हिन्दु राष्ट्रलाई मुख्य एजेन्डा बनाएको उनले जानकारी दिए  । ‘स्वयम् राजालाई पनि राजसंस्था पुनर्स्थापना होस् भने चाहाना छ कि छैन भन्ने कुरामा ठुलो आशंका छ’, उनको भनाइ छ ।  नेपालमा धर्म निरपेक्षता वा हिन्दु राष्ट्र भन्ने विषय जनमत संग्रहको माध्यमबाट टुङ्गो लगाउनु पर्ने थापाले बताएका छन् । राप्रपा नेपालले पूर्ण धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दु राष्ट्रको पुनःस्थापनालाई मुख्य एजेन्डा बनाएको बताउँदै सहमतिको आधारमा संविधानलाई संशोधन गरेर पूर्ण स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने बताए ।

थापाले आगामी  भदौदेखि हिन्दु राष्ट्र पुनर्स्थापनाका लागि देशव्यापी रूपमा  कार्यक्रम सञ्चालन गर्ने बताउँदै  जनताबाट निर्वाचित कार्यकारी प्रमुखको रूपमा प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप