आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

जिसस सिन्धुपाल्चोक : काँग्रेस–समाजवादी र एमाले–माओवादी केन्द्रबीच गठबन्धन

बिहीबार, २६ जेठ २०७९, १३ : ५५
बिहीबार, २६ जेठ २०७९

जिल्ला समन्वय समिति (जिसस) सिन्धुपाल्चोकको निर्वाचनमा नेपाली काँग्रेस र नेकपा (एकीकृत समाजवादी) का बीच गठबन्धन हुने भएको छ । यही जेठ २९ गतेलाई निर्वाचनको मिति तय गरिएको छ ।  एकीकृत समाजवादीलाई उपप्रमुख र एक सदस्य दिने गरी सहमति  भएको काँग्रेस  जिल्ला सचिव रमेश राजभण्डारीले जानकारी दिए । चुनावका लागि आज २ बजे मनोनयन दर्ता हुने कार्यक्रम रहेकोे छ ।

काँग्रेसबाट जिससको प्रमुखमा बाह्रबिसे नगरपालिकाका वडा सदस्य बालकृष्ण श्रेष्ठ उमेदवार बन्नुहुने बताइएको छ  । ती दुई दलका बीच गठबन्धन भएसँगै जिससमा बहुमत पुगेको छ । काँग्रेसलाई जिससमा आफ्नो नेतृत्वका लागि एक भोट अपुग थियो । बाह्र स्थानीय तह रहेको जिल्लामा जिससमा हुने २४ मतमध्ये काँग्रेसको १२, एमालेको सात, नेकपा (माओवादी केन्द्र) को चार र एकीकृत समाजवादीको एक मत छ । जिसस निर्वाचनका लागि स्थानीय तहका प्रमुख उपप्रमुखले मत दिने व्यवस्था छ ।

यस्तै जिसस निर्वाचनका लागि एमाले र माओवादी केन्द्रबीच पनि तालमेल हुने भएको छ । ती दुई दलसँग ११ मत छ । प्रमुखमा माओवादी केन्द्रबाट गणेश विक र उपप्रमुखमा एमालेबाट जेपी सिलवालले उम्मेदवारी दिने भएका छन् । समाजवादीले भने उपप्रमुखमा को उठाउने भन्ने अझै टुङ्गो हुनसकेको छैन । स्थानीय तहको निर्वाचन भएको ३० दिनमा जिसस निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप