अनुमतिपत्रबिना इन्टरनेट सेवा सञ्चालन नगर्न आग्रह
बिहीबार, २६ जेठ २०७९, १३ : ४८
नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न आग्रह गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै दूरसञ्चार ऐन, २०५३ को दफा २१ बमोजिम कसैले पनि अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था रहेकाले अनुमति लिएर मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको हो ।
पछिल्ला केही दिनयता कानुनी व्यवस्थाको बर्खिलाप गरी स्याटेलाइट प्रविधिबाट इन्टरनेट सेवा सञ्चालन भइरहेको उजुरी आएको प्राधिकरणले सूचनामा उल्लेख गरेको छ । अनुमतिबिनै दूरसञ्चार सेवा सञ्चालन गरेको पाइए कानुनबमोजिम कारबाही गर्ने जनाउँदै प्राधिकरणले अनुमतिपत्र प्राप्त नगरी गैरकानुनी रूपमा कसैले पनि इन्टरनेट सेवा सञ्चालन गरेको वा वितरण गरेको फेला परेमा खबर गर्नसमेत अनुरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि गोली प्रहार गर्ने अझै पक्राउ परेनन्
-
पानी खान नपाएपछि गोरखाका उपभोक्ता रित्तो गाग्री लिएर सीडीओ कार्यालयमा
-
यस्तो छ ‘फर्की फर्की’को नयाँ गीत ‘अन्तिम माया’
-
हुम्ला जोड्ने सडक : बजेट ६५ करोडको, १० महिनामा काम भयो ८ करोडको
-
मटिहानीका अग्नि पीडितलाई विशेष राहत प्रदान गर्न कांग्रेस र तमलोपाको माग
-
‘पूजार सार्की’को विषयमा दलित आयोगको चासो