शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपतिद्वारा नौ देशका लागि नयाँ राजदूत नियुक्त

बिहीबार, २६ जेठ २०७९, १३ : ३५
बिहीबार, २६ जेठ २०७९

चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय जन काङ्ग्रेसको स्थायी समितिको निर्णयअनुसार नौ देशका लागि नयाँ राजदूत नियुक्त गरेका छन् । चीनको शीर्ष व्यवस्थापिकाले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार राष्ट्रपति सीले ९ देशका राजदूतहरु नियुक्त गरेका हुन् ।

विज्ञप्तिअनुसार नसन हाइयानलाई सिंगापुरको राजदूतको जिम्मेवारी दिइएको छ भने झाङ जियानवेईलाई कुवेतको राजदूत बनाइएको छ। त्यसैगरी झाङ यिमिङलाई संयुक्त अरब इमिरेट्सका लागि राजदूत नियुक्त गरिएको  छ ।

राष्ट्रपति सीले वाङ सुइकुनलाई रुवाण्डा, लु शानलाई बुर्किना फासो र झोउ कियानलाई जर्जियाका लागि राजदूत नियुक्त गरेका छन्  । त्यस्तै हान चुनलिन रोमानिया तथा वाङ टोङकिङ फिनल्याण्डका लागि राजदूत नियुक्त भएका छन् । त्यस्तै जमैकाका लागि चेन दाओजियाङलाई राजदूत नियुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप